तनहुँ, फागुन ८-जन्ती बोकेको बोलेरो जीप तनहुँको आबुँखैरेनी गाउँपालिका–१ गिराउनचौरमा आईतबार राती दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।
दुर्घटनामा गम्भिर घाइते भएका आँबुखैरेनी–६ बस्ने ५६ बर्षका शेरबहादुर गुरुङको चितवन मेडिकल कलेजमा उपचारको क्रममा सोमबार मृत्यु भएपछि उक्त सङ्ख्या पुगेको हो । यसअघि आबुखैरेनी गाउँपालिका–६ छापस्वाँरा बस्ने ७२ बर्षका आसपुर गुरुङ र व्यास नगरपालिका–९ गजौडे बस्ने १७ बर्षकी तुलसी गुरुङको घट्नास्थलमै मृत्यु भएको थियो ।
मृत्यु हुने तुलसी बेहुलीको बहिनी हुन् भने आसपुर र शेर बहादुर सहोदार दाजुभाई हुन् । आँबुखैरेनीको बरादी–हिलेखर्क स्थित भित्री सडक खण्डमा जन्ती लिएर फर्किने क्रममा बा १८ च ५९२१ नंम्बरको बोलेरो जिप दुर्घटना भएको हो ।
आइतबार राती १२स्३० बजे जीप अनिन्त्रित भई सडक देखी करीव ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए । प्रनाउ खाँडका अनुसार दुर्घटनामा चालक सहित १५ जना यात्रु घाइते भएका छन् । घाइते भएकामध्ये नौ जनाको चितवन मेडिकल कलेज र छ जनाको स्थानीय आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।