नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत् नेदरल्यान्ड्ससँगको आजको खेलमा टस जितेर बलिङ रोजेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले आफ्नो दोस्रो खेलमा पनि पहिले बलिङ गर्न लागेको हो।
खेलका लागि टोलीमा दुई परिवर्तन गरेको छ। स्पिनर ललित राजवंशी र तीव्र गतिका बलर प्रतिश जिसी नेपालको प्लेइङ ११ मा छन्। अभिनाश बोहरा र विवेक यादव बेञ्चमा छन्। विवेक र अभिनाससहित अनिल साह र आरिफ शेख पनि बेन्चमा छन्।
यसअघि त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत मंगलबार भएको पहिलो खेलमा नेपालले नामिबियाविरूद्ध टस हारेर पहिले बलिङ गरेको थियो।

