धादिङ– त्रिशूली बस दुर्घटना : मृत्यु हुनेको संख्या ७ पुगेको छ। दुर्घटनास्थलबाट ३९ जनाको उद्धार गरिएको छ । भैरहवाबाट काठमाडौं जादै गरेको सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको बस गजुरी गाउँपालिका वडा नम्बर ५, घाटबेसीमा खसेको हो । पृथ्वीराजमार्गबाट करिब एक सय मिटर तल त्रिशुली नदिमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिनुभयो ।
घटनास्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना गरि ६५ जना भन्दा धेरै प्रहरी र स्थानीयले उद्दार गरिरहेका छन् ।
आमदघाटबाट सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेसको टोली पनि उद्धारमा छ । बिपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्दारमा पुगेका छन् ।
अनियन्त्रित भएर बस नदीमा खसेको अनुमान गरिएको छ । बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका९ बस्ने बर्ष ३८ को हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना सम्बन्धमा विस्तृत विवरण आउन बाँकी रहेको छ ।