धनुषा, वैशाख २-धनुषामा गहुँ खेतमा महिलाको शव भेटिएको छ । धनुषाको हंसपुर नगरपालिका-७ की ५५ वर्षीया शुभ देवी मण्डलको हत्या भएको अवस्थामा गहुँ खेतमा शव भेटिएको हो ।
उनको शव आज बिहान सवा ९ बजेतिर गाउँनजिकै गहुँ खेतमा फेला परेको थियो । मृतक मण्डलको शरीरको विभिन्न भागमा घाउचोट देखिएको छ । कसैले उनको हत्या गरेर खेतमा फालेको हुन सक्ने प्रहरीको आशंका छ ।
धनुषाकै सहिदनगर नगरपालिका-४ ननुपट्टी (माइती) गएकी उनी हिजो (शनिबार) साँझ ७ बजदेखि सम्पर्कविहीन थिइन् ।