भरतपुर महानगर , कार्यसम्पादन मूल्याङ्कनमा देशभरिका अन्य महानगरपालिका भन्दा उत्कृष्ट महानगरपालिका घोषित भएको स्मार्ट भरतपुर महानगरको चितवन बासीलाई नारायणघाटमा दुर्गन्ध सहितको मान्छे मर्ने पासो उपहार दियको छ ।
महानगरपालिकाले फागुन १८ गते नारायणी नदी किनारमा तामझामका साथ उद्घाटन् गरेर घुमौ भरतपुर भनेर चितवनमा पर्यटन भित्रयाउछौ भनेको महानगरले आज नारायणघाट बासीलाई दुर्गन्ध सहितको मान्छे मर्ने पासो उपहार दियको छ ।
दुर्गन्धका कारण यात्रु, व्यवसायी, ग्राहकहरू नाक, मुख छोपेर हिँड्न बाध्य भएका छन्। अझ त्यस माथि कयौ ठाउमा यस्ता धराप हरु थापीयका छन् जहाँ दैनिक दर्जनौ मानिस हरु लडेर घाइते भयका छन् ।
भरतपुर महानगरले आफ्नै माहानगर बासी लाई किन यस्तो पासो थापेको यस्तो पासो थापेर दैनिक दर्जनौ मानिस लाई लड़ायर घाइते बनाउदा महामागर लाई के फाइदा हुन्छ र यस्तो हुदा पनि महानगर टुलुटुलु हेरेर बसेको छ ।
अझ रमाइलो कुरा त के छ भने तेही महानगर बासीको लागि भनेर थापियको धराप जस्तो पासोको अगाडी बसेर फुटपाथ ब्यापारीले सडकमा हिड्ने बटुवा लाई बाटो हिड्न रोकावट गरे भनेर महानगर प्रहरीले लखेट्दै गरेको रोचक दृश्य देख्न पनि पाईन्छ ।
कसले भन्दिने ति महानगर प्रहरी लाई फुटपाथ ब्यापारीले गरेको रोकावट भन्दा ठुलो समस्या महानगर बासीको लागि थापियको यी धराप ठुलो समस्या भनेर समयमा नै सम्बन्धित् निकायको ध्यान जाओस ।
स्रोत ः हेल्लो चितवन अनलाईन