निराज रानाभाट, ललितपुर । केही समय अगाडिदेखि फ्लोरिकल्चर एशोसिएसन नेपाल ( फ्यान ) मा पदाधिकारीहरु तथा कार्य समिति सदस्य समेत भइसकेका केही व्यक्तिहरुले सम्पूर्ण पुष्प व्यवसायीहरुमा व्यवसायीक सदभावमा समेत खलल पुग्ने गरी संस्था बिरोधी अवाञ्छीत गतिविधीहरु गरी रहेको, आफ्नो व्यक्तिगत स्वार्थ पुर्तिका लागि छुट्टै संगठन निर्माण गरी सो संस्थाको पदमा रहेको व्यक्तिहरुले फ्यान पुष्प व्यवसायी सदस्यहरुलाई भ्रम श्रृजना गरी आफ्नो अभिष्ट पुरा गर्न तल्लिन रहेको र फ्यान सदस्य व्यवसायीहरुलाई फोन मार्फत तथा प्रत्यक्ष भेटघाट गरी फ्यानले तपाईंलाई कारवाही गर्दैछ भनी अफवाह तथा भ्रम फैलाई फ्यान सदस्यता परित्यागका दबाब दिई रहेको भन्ने सदस्यहरुबाट गुनासाहरु आइरहेको र बैशाख २७ गते फ्यान सचिवालयमा प्राप्त हुन आएको सामूहिक सदस्यता परित्याग पत्र र सदस्यता परित्याग सूचीको प्रतिलिपी साथै सामाजिक संन्जाल र केही संचार माध्यममा फ्यानका सदस्य व्यवसायीहरुलाई त्रसित हुने खालका शिर्षक राखी ४० जना सदस्यहरुले सदस्यता परित्याग गरेको अफवाह फैलाएको विषय प्रति फ्यानको गम्भीर ध्यानाकर्षण भएको छ ।
उक्त प्राप्त सामुहिक सदस्यता परित्याग सूची उपर सचिवालयको सदस्यता सूचीसँग रुजु गरी हेर्दा कुमार कसजु श्रेष्ठ ( काठमाडौं नर्सरी ) को सदस्यता फ्यान कार्य समितिको बैशाख १२ गतेको बैठकको निर्णयानुसार कारवाहीमा परि सदस्यता खारेज भइसकेको, २ वटा नर्सरीहरु क्रमश; राजन न्यौपाने ( आर्जन नर्सरी ) र प्रदिप सिम्खडा ( सिम्खडा एण्ड सिम्खडा एग्रिकल्चर फार्म ) ले अहिलेसम्म फ्यानको सदस्यता नलिएको साथै १० वटा नर्सरीहरु क्रमश; राम कुमार कार्की ( कार्की नर्सरी उद्योग ), शिव कृष्ण प्रजापती ( ओम शिव शक्ति नर्सरी ), कामी घले ( चण्डेश्वरी नर्सरी ), सानु माया तामाङ ( लामा नर्सरी ), भिम बहादुर थापा ( न्यू जनता गार्डेन सर्भिस सेन्टर ), खड्ग कुमारी तिमिल्सिना ( फूलबारी नर्सरी ), राज कुमार कार्की ( द कार्की नर्सरी ), मोहन गुप्ता ( हिमालयन फ्लोरा नर्सरी ), कान्छो बुढाथोकी ( प्लान्ट हेभन नर्सरी ) र दल बहादुर दोङ ( दोङ नर्सरी ) को फ्यानको बिधानको दफा १० को उपदफा १ ( ६ ) अनुसार ५ वर्ष भित्र सदस्यता नविकरण नगरेको देखिएकोले उक्त सदस्यहरुको सदस्यता समाप्ती भइसकेको देखिएको र अन्य सदस्य व्यवसायीहरुको हकमा फ्यान प्रति विभिन्न नकारात्मक अफवाह फैलाई भ्रमपुर्ण अभिव्यक्ति दिदै जवरजस्ती सो सदस्यता परित्याग सूचीमा हस्ताक्षर गर्न बाध्य बनाएको भन्ने बुझिएको एशोसिएसनले जनाएको छ ।
यस्तै, बैशाख १२ गतेको कार्य समितिको निर्णयानुसार संस्थाको निम्न सदस्यहरु; रामजी प्रसाद तिमिल्सिना ( स्वयाम्भु गार्डेन सर्भिस एण्ड प्लान्ट नर्सरी ), रामजी कुँवर ( अल ट्रपिकल प्लान्ट हाउस ), रबिन कुमार गौतम ( गौतम नर्सरी ), प्रबिन्द्र महर्जन ( कुमारी फ्लोरा फर्म प्रा.लि. ), प्रकाश बस्नेत ( गुहेश्वरी नर्सरी ), रमेशमान महर्जन ( रोयल नर्सरी ), श्याम सुन्दर प्रजापती ( गुनकेसरी नर्सरी ), प्रेम बहादुर दोङ ( साईकस नर्सरी ) र राम कुमार कार्की ( कार्की नर्सरी उद्योग ) ले फ्यानको सदस्य कायम रहदारहदै फ्यानको उद्धेश्य बिरुद्ध गई समनान्तर संस्था गठन गरी सो संस्थाको पदमा रहि वर्तमान परिस्थितीमा निरन्तर रुपमा फ्यान बिरोधी गतिबविधी र कार्यक्रम गर्दै आएको हुदाँ निज सदस्यहरुलाई मात्र फ्यान बिधान अनुसार ६ महिनासम्मको लागि साधारण सदस्यबाट निलम्बन गरी के कति कारणले संस्थाको उद्धेश्य बिरुद्ध गई उपरोक्त कार्य भएको हो ? भनी उक्त ९ जना सदस्यहरुलाई लिखित स्पष्टिकरण माग गरिएको एशोसिएसनले जनाएको छ ।
फ्यानले कुनै पनि सदस्य पुष्प व्यवसायीहरुलाई बिना कारण लिखित स्पष्टिकरण सोध्ने, निलम्वन गर्ने, खारेजी गर्ने कहिल्यै पनि नगरेको फ्लोरिकल्चर एशोसिएसन नेपाल ( फ्यान ) का अध्यक्ष मीन बहादुर तामाङले बताए । पुष्प तथा पुष्पजन्य व्यवसाय गर्ने समग्र पुष्प व्यवसायीहरुको हक – हितका साथै समग्र पुष्प व्यवसायको विकास, विस्तार तथा प्रबद्र्धनको क्षेत्रमा कृयासिल एक मात्र पुष्प व्यवसायीहरुको छाता संस्था फ्लोरिकल्चर एशोसिएसन नेपाल ( फ्यान ) का सम्पूर्ण पुष्प व्यवसायीहरु यस्ता अवाञ्छित गतिविधी तथा झूटो अफवाहको पछि नलाग्न र सचेत रहन एशोसिएसनका अध्यक्ष तामाङले बताए । फ्लोरिकल्चर एशोसिएसन नेपाल ( फ्यान ) वि.सं. २०४९ सालमा स्थापना भई व्यवसायीक हक – हितका साथै पुष्प व्यवसायको विकास, विस्तार तथा प्रबद्र्धनमा निरन्तर कार्य गर्दै आइरहेको आम पुष्प व्यवसायीहरुको एक मात्र छाता संगठन हो ।
विभिन्न काल खण्डहरुमा आइपरेको व्यवसायीक समस्याहरुसँग जुद्धै विभिन्न संघ / संस्था, नेपाल सरकार लगायतका निकायहरुसँग बहस पैरवी गर्दै फ्यानको पहलमा नेपाल सरकारसँगको सहकार्यमा पुष्प प्रबद्र्धन नीति कार्यान्वयन पश्चात हाल पुष्पको व्यवसायीक क्षेत्रले धेरै फड्को मार्न सफल भएको छ । यस कालखण्डमा पुष्प व्यवसाय भित्रका ( नर्सरी, कट फ्लावर उत्पादक, कट फ्लावर खुद्रा बिक्रेता तथा थोक बिक्रेताहरु ) धेरै सदस्य व्यवसायीहरु लाभान्वित हुनु भएका छन् । यी सबै उपलब्धीहरु फ्यानले स्थापना कालदेखि गरेको निरन्तर पहल कदमी र संघर्षका उपलब्धीहरु हुन् । सिंगो पुष्प व्यवसायलाई एक उद्योगको रुपमा स्थापित गराउदै समग्र पुष्प व्यवसायी तथा व्यवसायलाई एक सम्मानित पेशाको रुपमा स्थापित गराउन संस्था निरन्तर कृयाशिल रहि आएको छ । पुष्प व्यवसायको विभिन्न विधामा कार्य गरी रहनु भएका यस संस्थाका सदस्यहरुलाई स्थापना कालदेखि अहिलेसम्म पनि कुनै पनि क्षेत्र ( विधा ) लाई बिभेद नगरी, व्यवसायीक सदभाव कायम राख्दै समग्र पुष्प व्यवसायको हक – हितको लागि कार्य गर्दै आइरहेको छ ।