चितवन, जेठ १४-चितवनको भरतपुर महानगरपालिका–११ नौरंगे बस्ने ४० वर्षीय युकुमार गुरुङलाई घाँटीमा धारिलो हतियार खुकुरी प्रहरी गरी फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भरतपुर–३ न्युरोड बस्ने ३८ वर्षीय राजु तामाङ र भरतपुर–११ बसेनी बस्ने २९ वर्षीय समिर गुरुङ रहेका छन् ।
गुरुङलाई जेठ ७ गते र तामाङलाई जेठ ९ गते पक्राउ गरी ज्यान मार्ने उद्योग मुद्धामा चितवन जिल्ला अदालतबा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।
उनीहरुले गएको वैशाख १ गते भरतपुर–१० दिपेन्द्र चोकस्थित लाइम एण्ड लेमन रेष्टुरेण्ट अगाडि सडकमा युकुमार गुरुङलाई खुकुरी प्रहार गरी घाइते बनाएका थिए । घटना पश्चात उनीहरु फरार थिए ।