चितवन : चितवनमा जय नेपाल इन्टरनेश्नल फाउण्डेशन गठन भएको छ । लिला गुरुङको संयोजक्त्वमा १३ सदस्यीय समित गठन गरिएको हो । सदस्यहरुमा शिशिर सिग्देल, विकास गुरुङ,पुर्षोतम पुडासैनी, रोशनराज कर्णीकार,रेविजङ्ग गुरुङ, राजन दाहाल, विमला श्रेष्ठ, अस्मिता नेपाली र विपि त्रिपाठी चयन भएका छन् ।
यसैबिच क्षेत्रिय संयोकजकहरु पनि चयन गरेका छन् । क्षेत्र नम्बर १ संयोजकमा गोविन्द सेङताङ, क्षेत्र नम्बर २ कमल मिश्र, र क्षेत्र नम्बर ३को संयोजकमा सविन लामिछानेलाई चयन गरिएको हो ।
नेपाल र नेपालीका लागि हामी सबैको जय होस् भन्ने उदेश्यले गठन गरिएको यस संस्था ४१ देशमा संगठित छन् । यो संस्था अमेरीकास्थित नासाको नेपाली वैज्ञानिक डा. यादव पण्डितले स्थापन गरेको हो । यो संस्थाको नेपालको केन्द्रिय अध्यक्ष भने बद्री अर्याल हुन् ।
यो संस्था रेडक्रस स्काउट जस्तै सामाजिक संस्था हो । मानविय उद्धार राहात वितरण असहाय अशक्तलाई विशुद्धरुपमा सहयोग गर्ने गैरनाफामुलक संस्था हो । साथै यस संस्थाले विकास निर्माण जनचेतनामुलक प्रचार प्रसार गर्ने देशमामा विपद् र संकट आइपर्दा मानविय सेवामा सहयोग गर्ने संस्था हो ।
समाचार श्रोत : सौराहा अनलाइन