माडी, असार ११: माडी नगरपालिका स्थित बसन्तपुर बजारमा रक्तदान कार्यक्रम हुने भएको छ। ब्लड डोनर्स सोसाइटी चितवन र माडी नगर योग समितिको संयुक्त सहकार्य,माडी नगरपालिकाको सहयोगमा रगतको अभावको कारण कोहि कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गर्न लागिएको हो।
रक्तदान कार्यक्रम बसन्तपुर बजार मा असार १८गते मङ्गलबार हुने छ। “अभियान तपाई हामी सबैको साझा,सङ्कल्प एक घर एक रक्तदाता” भन्ने नारासहित सस्थाले मङ्गलबार बिहान ७:०० बजे देखि रक्तदान कार्यक्रम गर्न लागेको र रक्तदान कार्यक्रम पश्चात सस्थाको माडी नगर कमिटी पनि निर्माण गरिने कुरा जिल्ला अध्यक्ष एकराज बुर्लाकोटीले जानकारी गराउनुभयो ।