१८ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कांग्रेस–एमाले समीकरणको सरकारमा सहभागी नहुने र नया सरकार गठन प्रक्रिया हुना साथ हालको सरकार बाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय भर्खर बसेको बैठकले गरेको छ ।
आज बिहान बसेको रास्वपा सचिवालयको बैठकले सरकारमा सहभागी नहुने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
नेकपा एमाले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग सत्ता साझेदारीमा अघि बढेको छ । सोमबार मध्यरात मुलुकका दुई ठूला दल कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने लगायतका विषयमा समझदारी गरेका छन् । यद्यपि समझदारी पत्र सार्वजनिक भएको छैन ।
यही विषयमा छलफल गर्न रास्वपाको सचिवालय बैठक बसेको थियो ।

