नेकपा (एमाले) ले सातै प्रदेशमा नयाँ इन्चार्ज तोकेको छ । एमालेको आज काठमाडौँको बसेरा होटलमा बसेको सचिवालय बैठकले सातै प्रदेशमा नयाँ इन्चार्ज तोकेको हो ।
एमालेले कोशी प्रदेशमा शेरधन राई, मधेसमा लीलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराईलाई इन्चार्ज बनाएको छ । त्यस्तै, गण्डकी प्रदेशमा किरण गुरुङ, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिममा लेखराज भट्ट इन्चार्ज तोकिएका छन् ।यसै गरी रिक्त रहेको उपाध्यक्ष पदमा गुरु बराललाई मनोनीत गर्ने निर्णय गरेको छ ।उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको निधन भएपछि उक्त पद रिक्त रहेको थियो ।यस्तै सोही बैठकले मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा मनोनीत गर्ने निर्णय गरेको छ ।
नेकपा (एमाले) ले १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।
आज बसेको एमाले सचिवालय बैठकले पार्टी प्रवेश गरेका, महिला र विभिन्न संगठनबाट केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।
मनोनीत नयाँ केन्द्रीय सदस्यहरू
१. सुवास कर्माचार्य – सिन्धुपाल्चोक
२. कुन्दन कुशवाह – रौतहट
३. जितेन्द्र देव – सप्तरी
४. रामप्रीत पासवान – सिरहा
५. कृष्णभक्त पोखरेल – चितवन
६. कमलकृष्ण तिमिल्सिना – अछाम
७. गोविन्द पुन – सल्यान
८. केदार सिग्देल – तनहुँ
९. मनमोहन पौडेल – पर्वत
१०. हरदेव जोशी – दार्चुला
११. हरि उप्रेती – सर्लाही
१२. इन्द्र भण्डारी – झापा
१३. महेश बर्तौला – मकवानपुर
१४. सरिता भुसाल – किसान महासंघ
१५. प्रभा बराल – कास्की
१६. मञ्जु शर्मा चालिसे – बागलुङ
१७ आशा जवेगु – पाँचथर
आजै बसेको सचिवालय बैठकले नेताहरुलाई सल्लाहकार परिषद्मा मनोनयन गरेको महासचिव शंकर पोखरेलले बताए ।
महेन्द्र थापा, रोल्पा
पीएल श्रेष्ठ, तनहुँ
रामप्रित पासवान, सप्तरी
एकवाल मियाँ, कपिलवस्तु
डा. गोपाल खनाल, नवलपुर
खालित हुँसेन, सुनसरी
हरि रिजाल, प्युठान
प्रेमबहादुर सिंह, कालिकोट
कृष्णप्रसाद दाहाल, मकवानपुर
विनु ढकाल, मोरङ
सानु श्रेष्ठ, बागमती
सिर्जना शर्मा, गण्डकी
प्रदीप भण्डारी, कोशी
अर्जुनबहादुर थापा, सुदूरपश्चिम
श्याम ढकाल, बर्दिया
नारायण मरासिनी, स्याङ्जा
धनेन्द्र घिमिरे, पाल्पा
नन्दलाल रोकाया, बाँके
जनक पौडेल, बागलुङ
मेघनाथ सुवेदी, पर्वत
नारायण मलासी, डोटी
सुवासचन्द्र ठकुरी, मकवानपुर
यस्तै, बैठकले निर्वाचन आयोगमा पनि सदस्य मनोनीत गरेको छ।
अमनसिंह तामाङ, सिन्धुपाल्चोक
झवी पोखरेल, कपिलवस्तु
नर्मदा भण्डारी, गुल्मी
रत्ना गुरुङ, काठमाडौं
कमला केसी, कैलाली
बैठकले अनुशासन आयोगको सदस्यमा मायानाथ अधिकारीलाई मनोनीत गरेको महासचिव शंकर पोखरेलले बताए ।