धनकुटामा सडकबाट १५० मिटर तल सडकमा गाडी खसेको छ। आइतबार बिहान २ बजेतिर धनकुटा नगरपालिका वडा नम्बर ६ फोक्लेन टापुमा गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक अनिलकुमार शाहले जानकारी दिए।
संखुवासभा उम्लिङबाट धरान जाँदै गरेको को १ ज २१३७ नम्बरको बोलेरो गाडी सडकबाट अन्दाजी १५० मिटर तल खसेको हो।
गाडीमा चालकसहित १० जना सवार थिए। त्यसमध्ये दुई जना घाइते रहेको प्रहरी निरीक्षक शाहले बताए। अन्य सामान्य रहेको उनले बताए।
Laxmi bank
उनका अनुसार गाडीको ब्रेक फेल हुँदा सडकबाट खसेको हो। घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।