काठमाडौँ— भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी आज नेपाल आएका छन् ।
नेपाली फिल्म साम्बालाको प्रिमियरमा सहभागी हुन ऊनी काठमाडौ आएका हुन् । आज दिउँसो काठमाडौंको त्रिभुवन विमानस्थलमा अभिनेता सिद्धिकीलाई साम्बालाका निर्देशक मीन भाम लगायतले स्वागत गरे ।
आज नै भारतीय फिल्म निर्देशक अनुराग कश्यप पनि नेपाल आउने साम्बालाको निर्माण पक्षले जनाएको छ । फिल्म भदौ २८ गतेदेखि हलमा प्रदर्शन हुँदैछ।
तस्बिर श्रोत : स्कन्द गौतम