चनौली, असोज १० – टिभिएसको पश्चिम चितवनको आधिकारिक बिक्रेता अबिशा इन्टरप्राइजेजले यस क्षेत्रका निजी वर्कशप सन्चालकहरुसग भेटघाट (PGM meet) कार्यक्रम बिहिवार सम्पन्न गरेको छ।
नजिकिदै गरेको महान चाडहरु दशै तिहार र छठ लक्षित स्किमको जानकारी दिने उद्देश्यले उक्त कार्यक्रम गरिएको हो। उक्त कार्यक्रममा टिभिएसको पछिल्लो तीन मोडेलहरु Ntorq125 disc Fi, Raider125 Fi र Radeon110 Fi समेत लन्च गरिएको थियो। उपभोक्ता माझ लोकपि्रय यी तीनै मोडेलका मोटरसाइकल तथा स्कुटीहरुको अपग्रेड भर्सनले थप उपभोक्ताहरुको मन जित्ने कम्पनीको दाबी छ।
उक्त कार्यक्रममा टिभिएसको आधिकारिक डिस्ट्रीब्युटर जगदम्बा मोटर्सका इन्जिनियर सन्जय शर्मा चालिसे तथा स्पेयर्स पार्ट प्रतिनिधि बिजय तिवारी लगायतले टिभिएसका नयाँ मोडेलमा थपिएका फिचर लगायतका उपलब्ध गराइने स्किमका बारेमा सहभागीहरुलाइ स्पष्ट पारेका थिए ।
करीब २५ जना प्रतिनिधिहरु उपस्थित उक्त कार्यक्रममा क्वीजमार्फत सही जवाफ दिनेहरुलाइ पुरस्कृत समेत गरिएको थियोे । डिलर र प्राइभेट वर्कशपहरु बिचको सुमधुर सम्बन्ध स्थापित गर्न र नयाँ टेक्नोलोजी बारे प्राबिधिक ज्ञान प्रदान गर्न यस्ता कार्यक्रमहरु बिगतदेखी नै आयोजना गरिदै आएको र आगामी दिनहरूमा पनि यसलाई निरन्तरता दिइने अबिशा इन्टरप्राइजेजका संचालक बिकास घिमिरेले जानकारी दिनुभयो ।