चनौली । नेपाल रेडक्रस सोसाइटीले रगत अभाव भएकाले रक्तदान गर्न दाताहरूलाई आग्रह गरीरहदा पश्चिम चितवनको चनौलीमा कार्तिक ७ गते वृहद रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको छ।
नेपाल रेडक्रस सोसाइटी चनौली उपशाखाले भरतपुर २० स्थित चनौलीमा रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको हो ।
‘रक्तदान जीवनदान, रक्तदान महादान’भन्ने नाराका साथ उक्त कार्य क्रम पश्चिम चितवनको केन्द्र चनौली चौतारोमा आयोजना गर्न लागेको हो । कार्तिक ७ गते वुधबार हुने सो रक्तदान कार्यक्रम विहान ७ बजे देखि संचालन हुने जनाइएको छ ।
ब्लड डोनर्स सोसाइटी भरतपुर महानगर शाखा, लायन्स क्लब अफ चनौली, कल्याण आमा समूह चनौली, हाम्रो युवा क्लब चनौली, चनौली बजार ब्यबस्थापन समिति, चनौली टोल विकास संस्था, जे एम सी बचत तथा ऋण सहकारी, बतास बचत तथा ऋण सहकारी, गुन्जनगर खानेपानी तथा सरसफाई, जुरेस भिमनगर मावि, मिलन बजार व्यवस्थापन समिति, रेडियो साहिनो, ब्रम्हाण समुह चनौली, जेनिथ इंगलिस वोर्डिङ स्कुल चनौली, इलाका प्रहरी कार्यलय चनौली लगायका सस्थाहरू सह-आयोजक रहने उक्त कार्यक्रममा उल्लेख्य रक्तदाताको सहभागिता रहने चनौली उपशाखाका सभापति ओमप्रसाद लामिछानेले विश्वास व्यक्त गरेका छन।
यस्तै जापनिज भाषा स्कुल चनौली , आइसाचु एजुकेसन, इमेज इन्सिच्युट, वेष्ट डेस्टिनेसन एजुकेसन, आसाइ जापानिज भाषा स्कुल तथा ब्राइट वल्ड एजुकेसन कन्सल्टेन्सी तथा भरतपुर महानगर वडा नं. १८ र २० वडा कार्यालय पनी कार्यक्रमको सहयोगी तथा समन्वय कारी सस्थाहरूको रूपमा रहेका छन।


