चितवन,कात्तिक ११-चितवन, नवलपुरमा सक्रिय युवा पत्रकार एवं रेडियोकर्मी प्रेम क्षेत्रीको निधन भएको छ । गैंडाकोटस्थित सामुदयिक रेडियो विजय एफ.एमका सहायक स्टेशन म्यानेजर एवं विजय खबर पत्रिकाका समाचार सम्पादक क्षेत्रीको हृदयघातका कारण गएराती निधन भएको हो ।
सुत्नुअघि छाती दुखेको महसुस गरेका क्षेत्रीलाई अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको परिवार श्रोतले जनाएको छ । क्षेत्रीको आइतबार (आज) देवघाटमा अन्त्येष्ठी गरिने परिवारले जनाएको छ । पत्रकार महासंघ चितवनका सदस्य समेत रहेका माडी निवासी क्षेत्रीको निधनले पत्रकारिता क्षेत्रले एक होनाहार युवा गुमाएको छ । पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण अधिकारीले क्षेत्रीको निधनले चितवनको पत्रकारिता क्षेत्रमा अपुरणिय क्षेति पुगेको बताउनुभयो ।