चितवन, कार्तिक १३, भरतपुर अस्पतालमा इन्द्र महर्जन नाम गरेका ब्यक्तिको सब एक महिनादेखी बेबारीसे अवस्थामा रहेकोे छ।विरगन्ज नारायणगढको ट्रक चलाउदै आएका अन्दाजी ६५ बर्षका धादिङ घर बताउने इन्द्र महर्जन नाम गरेका ब्यक्तिको सब एक महिना देखी बेबारीसे अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
गत असोज १२ गते देवघाटमा मृत भेटीएका ड्राइभर महर्जनको सब बुझन अहिले सम्म घरपरिवार वा आफन्त नआएको प्रहरीले बताएको छ । सबको प्रकृति हेर्दा कुनै घाउचोट नभएकोले विरामीले थला परेर मृत्यु भएको हुनसक्ने प्रहरीले बताएको छ ।मृतक महर्जनको मोवाइलमा घरपरिवारको नम्बर नभेटीएको तर भरतपुर ६ इन्द्रपुरीका रामप्रसाद लामिछाने र रामप्रसाद महर्जन नाम गरेका दुइ ब्यक्तिको नम्बर फेला पारेको प्रहरीले जनाएको छ । ति दुबै जनालाई मृतको सनाखतका लागी प्रहरीले खबर गरेर बोलाएपछि दुबै जना भरतपुर अस्पतालमा गएर हेर्दा मृतक इन्द्र महर्जन आफनै साथी भएको बताएका छन् । मृत हुनुभन्दा सात आठ दिन अघि नारायणगढको हरीहर मन्दिरमा भेटभएको रामप्रसाद लामिछानेलेले बताएका छन् ।
मृतकको आफन्तलाई खोज तलासका लागी आफुले चिने जतिको ब्यक्तिलाई खबर गरेको तर कोहीबाट पनि घरपरिवार र धादिङको कुन ठाउको भनेर पक्ता लगाउन नसके बताउनु लामिछानेले बताउनु भयो । मृत भेटीएको ३५ दिन सम्म पनि आफन्त नातेदार सम्पर्कमा नआएमा सरकारले आफै सब ब्यबस्थापन गर्ने भएकाले ३५ दिन पुग्न अझै केही समय भएकाले मृतकको आफन्त सम्पर्कमा आउनेमा आशावादी रहेको लामीछानेले बताउनु भयो ।
एकमहिना सम्म पनि महर्जनको आफन्त सम्म मृत्युको खबर नपुगेर सम्पर्कमा नआएको हुन सक्ने भन्दै धादिङ जिल्लामा कालिका एफ एम बाट यो समाचार सुन्न हुने श्रोताब्रिनलाई आफन्त मार्फत यो सुचना पुर्याइ सहयोग गरीदिनु हुन मृतका साथी रामप्रसाद लामिछानेले आग्रह गर्नु भएको छ । मृतक इन्द्र मर्हजनका आफन्तलाई चिन्नु हुने महानुभावहरुले जिल्ला प्रहरी कार्यालय चितवन, वा मृतका साथी राप्रसाद लामिछानेको मोवाइल नम्बर ९८४११९४७१० मा सम्पर्क गर्नु हुन आग्रह गरीएको छ ।