काठमाडौं । अमेरिकाले डाइभर्सिटी भिसा (डीभी) भर्ने समय दुई दिन थप गरेको छ।
नेपालस्थित अमेरिकी दूतावासका अनुसार यसअघि ५ नोभेम्बर २०२४ सम्म कायम गरिएको समयावधि दुई दिनथपेर ७ नोभेम्बर सम्म बढाइएको जनाएको छ।
दूतावासका अनुसार असोज १६ गते बुधबार रातिपौने १० बजेदेखि डिभी कार्यक्रममा आवेदन खुल्ला गरिएको थियो। डिभी कार्यक्रमबाट अमेरिका लगिने व्यक्ति निष्पक्ष रूपमा छनोट गरिने अमेरिकी दूतावासले जनाएको छ ।