निराज रानाभाट, काठमाडौं । प्रभु पौडेलको शब्द र स्वर रहेको अंग्रेजी भाषामा बनेको ‘ आई लभ अलवैज ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीत भिडियोमा बिमल अधिकारी र साया भण्डारीको अभिनय रहेको छ, भने म्युजिक भिडियोको निर्देशन मौसम हिमालीले गरेका छन् । उक्त गीतको भिडियोको छायांकन उत्सव दाहालले गरेका छन्, भने सहायक निर्देशकमा जीवन भण्डारी रहेका छन् ।
यस्तै, उक्त गीतको सम्पादकमा विकास दाहालले रहेका छन्, भने श्रींगारमा सरिता मगर रहेकी छिन् । म्युजिक भिडियो स्विट मेलोडी म्युजिकबाट सार्वजनिक गरिएको छ । भिडियोमा मोडेल बिमल अधिकारी र साया भण्डारीको निकै सुन्दर अभिनय देख्न सकिन्छ ।