गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे पञ्चधारा युवा परिवारको २८ औं वार्षिकोत्सव, विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम एवं माघे संक्रान्ति मेला आज सम्पन्न भएको छ ।
ऐतिहाँसिक तथा धार्मिक स्थल पञ्चधारा जाऊँ, ऋषिश्वरको दर्शन गरौं पुण्य कमाउ भन्ने मुल नाराका साथ पञ्चधारा युवा परिवारको २८ औं वार्षिकोत्सव, विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम एवं माघे संक्रान्ति मेला कार्यक्रम सम्पन्न भएको हाे।
वर्षिकोत्सवको अवसरमा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, महिला भलिबल प्रतियोगिता, नृत्य प्रतियोगिता ब्याड्मिन्टन प्रतियोगिता कार्यक्रम मध्ये
साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा
आयाेजक टिम (a)प्रथम, साउने युवा क्लब हिल दाेस्राे भएका छन् , महिला भलिबल प्रतियोगितामा सरस्वती युवा क्लब रमुवा प्रथम, दाेस्राे आयाेजक टिम (a)भएका छन्। यसैबीच पाैढ पुरुष भलिबल प्रतियोगितामा प्रथम आयाेजक, प्रगति वायम क्लब दाेस्राे भएका छन् ।
त्यस्तै ब्याड्मिन्टन प्रतियोगितामा खिम काउचा र कुमार गलामीकाे समुह प्रथम,ठाकुर तिमिल्सिना र सुदिप श्रीसकाे समूह दाेस्राे भएका थिए।
कार्यक्रममा चर्चित कलाकार जुना श्रीसको विशेष सांगितिक प्रस्तुती समेत रहेको थियो । कार्यक्रम क्लवका अध्यक्ष गोविन्द्र पुनको अध्यक्षता, सल्लाहकार कर्ण बहादुर पुनको स्वागत र सदस्य भ्रमण श्रीस र खर्कसिंह श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो । प्रतियोगिता माघ २८ गते देखि सुचारु भएको क्लवले जनाएको छ ।