काठमाडौं । नेपालमा इन्टरनेट सेवा प्रभावित भएको छ ।
आइतबार बेलुकी करिब ९ बजेदेखि मोबाइल तथा इन्टरनेट सेवाप्रदायकको सेवा निकै सुस्त भएको पाइएको हो । ग्राहकहरूले आफ्ना सेवाप्रदायकबाट इन्टरनेट नचलेको गुनासो गरिरहेका छन् ।
विदेशी अपस्ट्रिम सेवा प्रदायकबाटै समस्या आएर इन्टरनेट नचलेको आशङ्का गरिएको छ । तर यसबारे यकिन कारण बाहिर आइसकेको छैन ।