गलकाेट नगरपालिका १० पाण्डबखानीमा नेपाली काग्रेसकाे क्रियासिल सदस्यता नविकरण गर्ने कार्य सम्पन्न भएको छ।
नेपाली काग्रेस वडा कार्य समिति पाण्डबखानीका कार्यवाहक सभापति दिप घर्तिकाे सभापतित्याेमा
भएको कार्यक्रममा करिब १२० जनाले क्रियासिल सदस्य नविकरण गरेका थिए। नेपाली काग्रेस वडा कार्य समिति पाण्डबखानीकाे आयाेजना भएको क्रियासिल सदस्यता नविकरण कार्यमा प्रदेश (क) का सभापति तिलक घर्ति, महाधिवेशन प्रतिनिधि राधिका पुन, बरिस्ठ समाजसेवी मानसिह छन्त्याल, वडा अध्यक्ष भक्तबहादुर काउचा, नेपाल प्रेस युनियन जिल्ला सदस्य सुरेश छन्त्याल तथा सम्पूर्ण क्रियासिल सदस्यहरुकाे सहभागीतामा रहेकाे कार्यक्रममा प्रदेश (क) का सभापति तिलक घर्तिले काग्रेस पार्टीमा किन लाग्ने, काग्रेस पार्टी कस्ताे पार्टी हाे,
अब पार्टीले गर्नु पर्ने कार्य लगाएत विषयहरुमा सहजिकरण गर्नु भएको थियाे । त्यस्तै प्रदेश (क) का सभापति तिलक घर्तिले कार्यक्रममा उठेका प्रश्नहरुकाे सवाल जवाफ समेत व्यक्त गर्नु भएको थियाे।