अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सीबीच मिडियाकै सामुन्न भएको तिखो बहसले तीन वर्षदेखि जारी रुस–युक्रेन युद्ध तत्काल रोक्न भइरहेको पहलमा झट्का लागेको छ । अमेरिकी राष्ट्रपति कार्यालय ओवलमा ट्रम्पसँगै उपराष्ट्रपति जेडी भान्ससँग जेलेन्स्कीको चर्काचर्की भएको थियो । यससँगै दश मिनेटमै वार्ता बिथोलिएको थियो र जेलेन्स्की निस्कनु परेको थियो ।
यो घटनापछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सीएनएनसँगको अन्तर्वार्तामा जेलेन्स्कीले माफी माग्नु पर्ने बताए । तरु युक्रेनका राष्ट्रपति जेलेन्स्कीले भने माफी माग्न अस्वीकार गरेका छन् । फक्स न्युजसँग कुराकानी गर्दै जेलेन्स्कीले माफी माग्न जरुरी नभएको बताएका छन् ।