भारतीय सेनाबाट अवकाश पछी भैंसीपालनमा जमेका भरतः ६ करोडको लगानी,
रामशरण गैरे
गुञ्जनगर। भरतपुर माहानगरपालिका वडा नं. १९ पुर्वी गुञ्जनगरका किसान भरत तामाङ अहिले ४३ वर्ष पुगे । तामाङले सोही ठाउँमा एन एण्ड एन पशुपालन फर्म सञ्चालन गरिरहेका छन । उनले २३ वर्ष भारतीय सेनामा बिताएर अवकाशपश्चात् यो पेशा सुरु गरेका हुन ।
भारतीय सेनामा कार्य गरेपछि ६ वर्ष पहिले अवकाश भएको र विगत ५ वर्षदेखि भैंसीपालन सुरु गरेको भरत वताउछन । भैँसीको दानाका लागि भरतले घाँसखेती समेत गरेका छन्। बिहानदेखि नै भरत तामाङ र चम्पा तामाङ दम्पती नै भैँसीको स्याहार सुसारमा खटिने गरेका छन्।
भैसी दुहुने, गोवर मल व्यवस्थापन गर्ने, पाडापाडी वाच्छा वाच्छीको स्याहार गर्ने देखि उत्पादित दुधको वजार व्यवस्थापन गर्दैमा दिन झमक्क डुवेको पत्तै पाउदैनन उनीहरू।
“अवकास पछीका दिनहरूमा व्यवसायिक पशुपालन गरेर देशलाइ केही दिन सकिन्छ की भन्ने सोचले यो क्षेत्रमा हात हालेको हुँ।”भरतले भने, “नेपालमै केही गर्छु भन्ने मनमा लाग्यो र यहीँ आफ्नै पेशा व्यवसाय सुरु गरें ।” खासमा पर्शाधापमा मामाले गरेको भैसीपालन छुट्टीमा आउदा देखेको र त्यसतर्फ आकर्षित भएको उनले वताए। अहिले भने मामाले व्यवसाय छोड्दै लगेको उनले वताए।
भैंसीपालनबाट उत्पादन भएको दूध डेरीमा बिक्री गर्दा पैसा समयमा नपाउने गरेको थाहा पाएपछि आफैँ दूध सङ्कलन साथै बिक्री गर्न थालेको उनले वताय । भविष्यमा चिज बनाउने योजना रहेको वताउदै भरतले व्यवसायमा थप लगानी गरेर भैँसी फार्मलाई विस्तार गर्ने योजना बनाएका छन्।
“व्यावसायिक रुपमा नै भैँसीपालनलाई लैजानका लागि थप लगानी गर्दैछु”, उनले भने, “भैँसीपालनलाई नै मुख्य परिचय बनाउने उद्देश्य हो।” दूध विक्रीबाट सम्पूर्ण खर्च र बैंकको किस्ता तिरेर राम्रै आम्दानी हुने उनले जानकारी दिए।
अहिले भैँसीपालनबाट आफूले आत्मसन्तुष्टि पाएको उनीहरू वताउछन।भरत र चम्पाले हाल फर्ममा करिब ६ करोड लगानी गरेका छन। करीव १७ कठ्ठा पुख्र्योली जग्गामा सञ्चालन गरीएको फर्ममा अहिले ८० वटा माउ भैंसी छन् । त्योबाहेक साना पाडापाडी गरेर १५० वटाभन्दा धेरै भैंसी छन् । भरतको फर्ममा भारतबाट ल्याएको क्रस मुर्रा जातका भैंसीसमेत छन् ।त्यो बाहेक ५ वटा गाइ पनी छन।
उनीहरूले आफ्नो फर्मबाट दैनिक ४ सय ५० लिटर दूध उत्पादन गर्छन। र त्यहाँका किसानले उत्पादन गरेको दूधसमेत खरिद गर्ने गर्छन ।फार्ममा एउटा भैसीले १२ देखी १६ लीटर सम्म दुध दिने गरेको उनले वताए।फार्ममा उत्पादन भएको गोबर पनि बिक्री हुने गरेको छ।
सरकारी अनुदानमा मेसिन पनि पाएको छु,’ भरतले भने ,परिवारका सबै सदस्य अहिले भैंसीपालनमै रमाएका छन् ।
‘गाउँका १० जनालाई रोजगारी पनि दिएको छु’, उनले भने, ‘गाउँको महत्व बुझाउने अभियान थालेको हुँ, तर राज्यको नीति अनुकूल नहुँदा चाहे जस्तो सफल भएको छैन ।’सुरुमा घाटामा गए पनि अहिले फर्मको स्थिति सुधारजनक रहेको उनको भनाइ छ ।
उनले आफ्नो फर्म र सङ्कलन केन्द्रमा सङ्कलन गरिएको दूधलाई निजी बिक्री केन्द्रबाट बिक्री वितरण गर्दै आएका छन। उनले आफ्नो व्यक्तिगत र भाडाको जमिनमा साइलेसको खेती गरेकाछन। भैसीलाइ घाँस पुर्याउन हम्मे पर्ने उनले वताए। पहिला त ५महिना पराल खुवाउनु पथ्र्यो अहिले साइलेस खेती बढाएको छु वर्षको २ महिना मात्र अलि समस्या पर्ने उनले वताए।
विदेश जानुभन्दा पनि स्वदेशमै बसेर व्यवसाय गर्नुपर्ने सुझाव दिँदै उनले भने, “विदेशमा गएर अरुको दास बन्नुभन्दा स्वदेशमै मालिक बन्नुपर्छ।” दूध विक्रीका लागि बजारको कुनै अभाव नरहेको उनको भनाइ छ।
“देशमा उत्पादनको जरुरी छ, चाहे जुन क्षेत्रबाट भए पनि उत्पादनमूलक काम ग¥यो भने बजारीकरणको समस्या छैन ।” भरतले भने, “सबै खपत हुन्छ, खपत हुनका लागि उत्पादन जरुरी हुन्छ, तसर्थः उत्पादनमूलक क्षेत्रमै काम गर्नुपर्छ ।”
टोल, समाज तथा राष्ट्रकै आर्थिक उन्नतिका लागि युवाहरु देशमै बसेर उत्पादनमूलक क्षेत्रमा काम गरी स्वरोजगार तथा आत्मनिर्भर बन्नुपर्ने उनको भनाइ छ ।आफ्ना पुर्खाले परम्परागत रुपमा भैंसी पालेरै जीविका चलाए पनि पछिल्लो समय आधुनिक तवरबाट कृषि व्यवसाय गर्न सके आर्थिक उपार्जन गर्न गाह्रो नभएको उनको धारणा छ ।
‘मव्यवसायमा जसरी पनी टिक्नु पर्छ,म फर्कें भने धेरैको रोजगारी गुम्छ भनेर निरन्तर संघर्ष गरें, अहिले सबैको वाहवाही पाएको छु । मेरो कमाइ नै यही हो, म खुसी छु, सबैको माया पाएको छु, यसमै रमाएको छु’, उनले भने ।
आफुले सेनामा जागीर खादाँ आर्जेको रकम समेत भैंसीपालनमा लगानी गरेको जनाउँदै वडा, नगरपालिका, प्रदेश वा अरु कुनै सरकारी निकायबाट हालसम्म कुनै अनुदान नपाएको बताय । अनुदान पाउन झुठा कागज मिलाउनु पर्ने, हिस्सा बुझाउनु पर्ने र सोर्सफोर्स लगाउनु पर्ने बेथिति व्याप्त रहेको कारण वास्तविक र इमान्दार कृषि व्यवसायी सरकारी प्रोत्साहनबाट टाढा रहेको उनको गुनासो छ ।