चितवन । लियो जिल्ला परिषद् ३२५ आर नेपाल को लायन वर्ष २०२५-२६को अध्यक्षमा लियो लायन लियो लायन विज्ञान पौडेल निर्वाचित भएका छन् । यस्तै तेस्रो काउन्सिल मिटिङ तथा तेस्रो कन्फरेन्समा लायन वर्ष २०२५-२०२६ को उपाध्यक्षमा लियो लायन गौरव उपाध्याय निर्वाचित भएका छन् ।
चितवनको फोर सीजन पार्टी भेनु मा सम्पन्न तेश्रो काउन्सील मिटिंग तथा जिल्ला सम्मेलन, लियो ललन कुमार महत्य ज्यु अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा लायन डिस्ट्रिक्ट गवर्नर लायन दिननाथ न्यौपाने ज्यु को प्रमुख आतिथ्य मा भएको थियो साथै कार्यक्रममा लायन्स क्लबका विभिन्न पदाधिकारी, पूर्व अध्यक्षहरू, लियो क्लबका सदस्यहरू तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।
नव-निर्वाचित अध्यक्ष लियो लायन विज्ञान पौडेलले धन्यवाद ज्ञापन गर्दै आफ्नो कार्यकालमा लियो जिल्ला परिषद् ३२५ आर नेपाललाई अझ उचाइमा पुर्याउने अठोट व्यक्त गरे। उनले भने, “हामी सबै लियो साथीहरूको सहकार्य, नवीन विचार र समाजसेवामा समर्पणका कारण आजको यो सफलता सम्भव भएको हो।
कार्यक्रममा बोल्दै नव निर्वाचित उपाध्यक्ष लियो लायन गौरव उपाध्याय ले जिल्ला परिषद लाई सदैव एक उचाईमा पूर्याउनको लागी सदावहार सेवामा लागीरहने प्रतिवद्दता व्यक्त गर्दै सम्पूर्णलाई धन्यवाद समेत व्यक्त गरेका थिय।
आगामी वर्षमा हामी सामाजिक सेवा, युवा सशक्तीकरण, र नेतृत्व विकासका क्षेत्रमा नयाँ आयाम थप्नेछौ भन्दै ”नवनिर्वाचित अध्यक्ष लियो लायन विज्ञान पौडेलले आफ्नो कार्यसमितिको घोषणा गर्दै, लायन वर्ष २०२५-२६ का लागि नयाँ योजना र लक्ष्यहरू तय गर्ने प्रतिबद्धता व्यक्त गरेका उनले जिल्ला सचिव लियो विकास पाण्डे र जिल्ला कोषाध्यक्षमा लियो दिपेश टी. खत्रि नयाँ नेतृत्व चयन समेत गर्नु भएको थियो ।