इन्टरनेट सेवा प्रदायक डिशहोम इन्टरनेटले ग्राहकहरूको आवश्यकता ध्यानमा राख्दै अब इन्टरनेटसँगै सुरक्षा निगरानीका लागि वाइफाइ आइपी क्यामेरा पनि उपलब्ध गराउने भएको छ।
यसका लागि डिशहोम इन्टरनेटले इजभिज र हाइकभिजनको नेपाल वितरक शारदा समूहको सहायक कम्पनी वत्सल इम्पेक्स प्राइभेट लिमिटेडसँग रणनीतिक साझेदारी गरेको छ।
इजभिजद्वारा उत्पादित वाइफाइ आइपी क्यामेराहरू विश्वभर लोकप्रिय छन् र घर निगरानीका लागि अग्रणी मानिन्छन्। क्यामेरा उत्पादक र इन्टरनेट सेवा प्रदायकबीचको यो सहकार्यले शहरी तथा अर्धशहरी क्षेत्रका घरपरिवारहरूमा भरपर्दो र स्मार्ट निगरानीका लागि बढ्दो मागलाई सम्बोधन गर्ने उद्देश्य राखेको छ।
नेपालमा उच्च–ब्यान्डविथयुक्त आवासीय इन्टरनेटको वृद्धि भएसँगै, मानिसहरूले इन्टरनेटसँग जोडिने स्मार्ट उपकरणहरूको खोजी गरिरहेका छन्। यसै सन्दर्भमा, डिशहोमले आफ्नो देशव्यापी डिलर नेटवर्कमार्फत वाइफाइ आइपी क्यामेरा उपलब्ध गराउने योजना बनाएको छ।
इजभिजका उन्नत क्यामेराहरूमा उच्च गुणस्तरको भिडियो, नाइट भिजन, मोसन डिटेक्सन क्षमता, र मोबाइल एपमार्फत सहज पहुँच जस्ता सुविधाहरू उपलब्ध छन्।