काठमाडौं, जेठ १३ – अष्ट्रेलियामा मुख्यालय रहेको अन्तर्राष्ट्रिय शैक्षिक परामर्श संस्था एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले क्यानडाको टोरन्टोमा आफ्नो ८८औं शाखा स्थापना गरेको छ। विश्वव्यापी रूपमा २५ देशमा सेवा विस्तार गर्दै आएको यस संस्थाले क्यानडामा नयाँ शाखा खोलेर आफ्नो पहुँच थप बलियो बनाएको हो। एक्सपर्टका ग्लोबल डाइरेक्टर बद्री अर्यालले नयाँ शाखाको औपचारिक उद्घाटन गर्दै विद्यार्थीहरूको सुविधाका लागि यो कदम चालिएको बताए।
टोरन्टो शाखाको उद्घाटन समारोहमा एक्सपर्ट चितवनका निर्देशक डिल्लीराम अधिकारीले नेपाली विद्यार्थीहरूको बढ्दो रुचिलाई मध्यनजर गर्दै क्यानडामा शाखा स्थापना गरिएको जानकारी दिए। उनले भने, “नेपालबाट विद्यार्थीहरूको रोजाईमा क्यानडा पनि परेकाले कुनै समस्या नभोगोस् भन्ने उद्देश्यले यो शाखा संचालनमा ल्याइएको हो।” यस शाखाले क्यानडामा पहिले नै अध्ययनरत विद्यार्थी र भविष्यमा जान चाहने विद्यार्थी दुवैलाई सहयोग पुर्याउनेछ।
उद्घाटन कार्यक्रममा नेप्लिज क्यानेडियन कम्युनिटि सर्भिसेजका अध्यक्ष विना बर्मा, संस्थापक अध्यक्ष विश्व बर्मा, सृजनशिल नेपाली समाजका संस्थापक शिशिर पाण्डे, समाजसेवी विष्णुहरि भण्डारीलगायत नेपाली समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। रघुनाथ ढकालको नेतृत्वमा सञ्चालित यस शाखाले विद्यार्थीहरूलाई परामर्श, भर्ना प्रक्रिया, कार्य अनुमति, आप्रवासन र भिसा सम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्नेछ। एक्सपर्टले क्यानडामा नायग्रा कलेज, एल्गोमा विश्वविद्यालय, सेरिडन कलेजलगायत प्रतिष्ठित शैक्षिक संस्थाहरूसँग साझेदारी गरेको छ, जसले नेपाली विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्नेछ।