काठमाडौं – प्रतिनिधिसभाको आजको बैठक विपक्षी दलको अवरोधका कारण भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ। गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलले संसदमा अवरोध गरेपछि सभामुखले पहिले ३० मिनेटका लागि बैठक स्थगित गरेका थिए। तर अवरोध निरन्तर जारी रहेपछि सूचना टाँस गरेर बैठक भोलिसम्मका लागि सारिएको हो।
विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामाको माग राख्दै संसदमा नाराबाजी र अवरोध गरेका थिए। यसैका कारण आजको संसद बैठकमा कुनै पनि कार्यसूची अगाडि बढ्न सकेन। संसद सचिवालयले जारी गरेको सूचनाअनुसार भोलि बुधबार बिहान ११ बजे बैठक बस्नेछ।

