नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले सत्ताको नेतृत्व गर्नुपर्ने बताएका छन्। भक्तपुरमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश अफ्ठ्यारो परिस्थितिमा गएको उल्लेख गरे। उनले नेपाली कांग्रेस मध्यमार्गी पार्टी भएकाले सत्ताको चाबी आफूसँग खोस्नुपर्ने बेला आएको धारणा राखे।
कोइरालाले कुनै पनि देशमा मध्यमार्गी पार्टी कमजोर भए देश अराजकतातिर जाने जिकिर गरे। उनले नेपाली कांग्रेस सरकारमा रहेको तर सत्ताको चाबी वामपन्थीहरूसँग रहेको भन्दै अब चाबी कांग्रेसले खोल्नुपर्ने आवश्यकता औंल्याए।
कांग्रेसको मुख्य प्रतिष्पर्धी नेकपा एमाले भएकाले एमालेले गरेका नराम्रा कामहरू नागरिकसमक्ष लैजानुपर्नेमा उनले जोड दिए।