चितवन : हेल्थ हसिस्टेण्ट कार्यक्रम संचालन गरेको पहिलो ब्याचमै बालकुमारी कलेज उत्कृष्ट भएको छ । नारायणघाटमा रहेकको पब्लिक कलेज बालकुमारीमा उत्तिर्ण प्रतिशतको आधारमा बाग्मती प्रदेशमा उतकृतट नतिजा ल्याउन सफल भएको छ । बागमती प्रदेशका सिटिईभिटिबाट सम्बन्धन पाएका ३६ वटा कलेज मध्ये बालकुमारी कलेज दोस्रो भएको हो । कलेजले २०८०÷८१ बाट स्वास्थ्य संकाय अन्र्तगत एचएको पढाई सुरु गरेको हो । चितवन जिल्लामा बालकुमारी दोस्रो भएको छ । हालै प्रकाशित नतिजा अनुसार बालकुमारी कलेजमा ७७.७८ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका हुन् । एचएको परिक्षाफलमा कलेजको ब्यवस्थापन , अभुभवि शिक्षक र सुविधासम्पन्न प्रयोगशालाको कारण नतिजा राम्रो आएको स्वास्थ्य संकायका प्रमुख अभय कुमार पण्डितले बताए ।
चितवनको पुरानो सामुदायीक कलेज भएपनि एचएमा भर्खरै पढाई सुरु गरेपछि पाएको सफलताले उत्साह जगाएको कलेजका अध्यक्ष प्रमोद कुमार श्रेष्ठले बताए ।
गुणस्तरीय पढाई भएकै कारण धेरै विद्यार्थी उत्तिर्ण भएको कलेजको दावी छ । कलेजका प्रिन्सिपल जगदीश्यवर खनालले एसईई दिएका विद्यार्थीको रोजाई बालकुमारी रहेको बताउँदै अन्यज्ञ भन्दा सस्तोमा पढाई भएको बताए ।
एचएको नतिजामा नारायणघाटको बालकुमारी कजेल बाग्मती प्रदेशमै दोस्रो
एचएको नतिजामा नारायणघाटको बालकुमारी कजेल बाग्मती प्रदेशमै दोस्रो

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु