नेपाली राजनीतिमा सत्ता र शक्ति विना बस्न नसक्ने प्रवृत्ति नेताहरुमा देखिन थाले पछि पछिल्लो समय पुराना राजनीतिक दलका नेताप्रति जनता र नयाँ पुस्तामा घृणा पैदा भएको छ ।यहाँ राजनीतिक स्थिरता र जनताको मुद्दाभन्दा पनि कुर्सी ठूलो रहेछ भन्ने विगत देखि वर्तमान सम्मको राजनीतिक घटनाक्रम हेर्दा सामान्यनागरिकले पनि बुझ्न कठिन छैन ।ठूला दलहरू सत्ता कसले हत्याउने, शक्तिमा को पुग्ने, कसले कसलाईशक्तिहीन र कसलाई शक्तिशाली बनाउने भन्ने खेलमा छन् । साना दलहरूकता तिर लाग्दा सुरक्षित भइन्छ र सत्तामा पुगिन्छ भनेर दाउपेचहेरिबसेका छन् ।पछिल्ला २–४ वर्षयता राजनीतिमा नयाँ भाष्यको प्रयोग बढेको छ।पुराना दल काम छैनन्, पुराना नेता हट्नुपर्छ । देशका लागि केही काम
गर्न नसक्ने, दलको अध्यक्ष र सत्ताको कुर्सीमा झुण्डिरहने प्रवृत्ति स्वयम्राजनीतिक दलका लागि नै घातक सिद्ध भएको देखिदैछ ।प्रमुख तीनदलका नेता कार्यकर्तामा सांसदको निर्वाचनमा दोहोरिननहुने,स्थानीय तहमा, प्रदेशमा र दलको अध्यक्ष पनि दुई कार्यकालभन्दा बढी
बस्न नहुने बहस शुरु भएको छ ।अहिले पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका नजिक मानिनेहरुओली फेरि अध्यक्ष बन्ने मनसाय देख्नथालेपछि पार्टी पंक्ति विद्या भण्डारीतिर बढ्दै गएको छ ।
अर्कातिर निकट भविष्यमा सत्ताको शयरगर्ने जोखाना हेरेर बसेका कांग्रेससभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न नदिन दलीय विद्रोहकोज्वारभाटा निस्कन थालेको देउवाले पत्तै पाएका छैनन् । यस्तै, अवस्थानेकपा माओवादी केन्द्रमा पनि छ । अध्यक्ष पुष्पकमल दाहालविरुद्धदाहालकै विश्वासपात्र बनेर बसेका दोस्रो वरि यताका नेता लागेका छन् ।राजनीतिक दलहरुमा किन यस्तो अवस्था आयो भन्ने विषय बुझ्न जरुरी छ। दल भित्र बढेको मनपरितन्त्र र पद प्रतिको चरम लिप्सा नै हो । लामोराजनीतिक अस्थिरताबाट गुज्रिइरहेका जनताले नयाँ निकास चाहेकाथिए । समृद्धिको स्वाद अनुभूत गर्न चाहेकाथिए ।
लामोसमयदेखिको राजनीतिक अस्थि रताको जन्जिर तोड्दै स्थिरराजनीतिक प्रणाली बनाउन चाहन्थे, जनता । तर त्यो एकादेशको
कथाजस्तै भएको छ । देशका प्रमुख राजनीतिक दल कांग्रेस, एमाले रमाओवादीका शीर्षनेतामा देखिएको अचाक्ली कुर्सी मोहले नयाँ पुस्तालाई
दलीय राजनीतिले विकर्षण गराएको छ ।
कतै कुनै काम गर्न नसक्नेले राजनीति क्षेत्र गिजोलेको अहिलेको नयाँपुस्ताको ठम्याइ छ । अर्को कुर्सी विना बाच्न नसक्ने गलत नेताहरुको
राजनीतिक दलभित्र सिडिन्ड केट छ भन्ने नयाँ पुस्ताको बुझाइ छ ।मान्छेमा एक प्रकारको निराशा छ । दलहरूको काम गर्ने शैलीका कारण
नयाँ आए केही हुन्छ कि भन्ने परेको छ । ३–४ दशकदेखि एउटै मान्छेकोनेतृत्व देख्दा नयाँ आए केही होला कि भन्ने परेको हो । विधिको शासन
कमजोर भएको अवस्थाले पनि यस प्रकारका भावना देखिएका हुन् । अर्कोकुरा नेतृत्व हस्तान्तरणमा कुनै पनि नियम नभएकाले पनि नयाँको खोजीभएको हो ।
यस निराशाको कारण बहुपक्षीय छन् । व्यापक भ्रष्टाचार, रोजगारीकोअभाव, अव्य वस्थित पूर्वाधार, र अक्षम तथा नातावादमा डुबेको
राजनीतिक संस्कार केही प्रमुख कारण हुन् । बौद्धिक पलायनले नेपालकोसामाजिक-आर्थिक संरचनामा दूरगामी असर पारि रहेको छ ।
हरेक कुराको फैसला राजनीतिले गर्छ । नेपालको भागवण्डाको राजनीतिलेसमग्र शैक्षिक क्षेत्र तथा इमान्दार बौद्धिकहरुलाई सत्ता र शक्तिले फूटबलबनाएको देखिन्छ । यस्तो गतिले मुलुक कदापि सकारात्मक दिशामाअगाडि बढ्न सक्दैन ।
द्वितीय विश्वयुद्धमा खरानी भएको जापान, कोरिया, प्रायद्वीयकोलडाइँमा थलिएको कोरिया, एसियाको विरामी राष्ट्र भनेर चिनिने चीनकाविदेशमा पढेर फर्केका युवाहरुले नै आ–आफ्नो देशलाई माथि उठाएकाछन् ।
नेपाल सरकारसँग प्रतिभा पलायनलाई रोक्न शिक्षा नीति छैन । विदेशमापढेर नेपालमा आउन चाहनेलाई काम लगाउने रोजगार नीति पनि छैन ।खाली खराब राजनीतिको दाउपेच र भागवण्डा मात्र छ । हाम्रा अगाडियो प्रवृत्ति अत्यन्त ठूलो समस्या र चुनौतीका रुपमा उभिएको छ ।
जबसम्म देश ‘राइट पर्सन इन राइट प्लेस’को थितिबाट चल्दैनजीवनोपयोगी शिक्षा लागु हुन्न त्यतिबेलासम्म बौद्धिक प्रतिभा पलायन
‘ब्रेन ड्रेन’को अवस्था कायम भइ रहन्छ ।
दुःखको कुरा यति गम्भीर विषयमा पनि राज्य जवाफदेही तथा उत्तरदायीछैन । राज्यले बौद्धिक प्रतिभा पलायन राष्ट्रको सम्पत्तिको पलायन हो भन्नेवास्तविकता कहिले बुझ्ने होला ?कुशल र महत्वाकांक्षी युवाहरूको पलायनले देशलाई मात्र श्रमशक्तिविहीन बनाउँ दैन, तर प्रगतिशील नेतृत्वको सम्भावनालाई पनि धमिलोबनाउँछ । युवाहरूलाई निराश र बिच्किएको देशमा स्थिरताकोबीजारोपण असम्भव छ ।राज्य संचालन गर्ने प्रमुख नीति नै राजनीति भएकोले यसप्रति आम
मानिसहरुको रुचि रहनु स्वाभाविक हो । तर राजनीतिको उद्देश्य देश रजनताको सेवा हुनुपर्नेमा धन कमाउने माध्यम भएकोले यसप्रतिको रुचि
एवं आकर्षण घट्दै गएको छ । राज नीतिक दल र नेतृत्वले आफ्नोविश्वसनीयता स्थापित गर्न सकेका छैनन् ।राजनीतिक प्रदूषण यति धेरै बढिसकेको छ कि यसमा लागेको चोखोमान्छे पाउन गाह्रो भइसकेको छ । यदाकदा कार्यकारी ठाउँमा पुगेकाकतिपय राजनीतिक व्यक्ति ले निष्कलंक निस्कन पाए हुन्थ्यो भन्ने गरेको रत्यसरी कार्यकारी ठाउँमा पुग्दै गरेकाहरुलाई चोखो निस्कनु भनेरशुभकामना दिएको सुनिन्छ ।
यस्ता खालका अभिव्यक्ति त्यसै आउने गरेका होइनन् । त्यसैले बिग्रिएकोराजनीति लाई सही ट्रयाकमाहिंडाउने र बिग्रिएका नेताकार्यकर्तालाई
सुधार्ने विषय नै अहिले को प्राथमिकता हुनुपर्छ । यसमा जनता वामतदाताको भूमिकापनि महत्वपूर्ण रहन्छ । मतदाता नै रक्सी र पैसामाबिक्ने भए भने शासन सत्तामा बेइमानहरुकै हाली मु हाली रहन्छ । त्यसैले\जनताले आफ्ना प्रतिनिधिको सहीछनोट गर्न त्यत्तिकै जरुरी हुन्छ ।
प्राचीन युनानका दार्शनिक प्लेटोले राजनीति गर्नेहरुले सम्पत्ति थुपार्ने वालोभ गर्न नपाइने विचार अगाडि सारेका थिए । तर यहाँ त हिंजो चप्पल
पड्काएर हिंड्नेहरुले छोटो समयमै विलासी जीवन जिउने अवसर प्राप्तगरेका छन् । तलव, भत्ता, गाडी, महल अनेक सुविधा उपलब्ध छन् ।
भ्रष्टाचार गर्ने छुट त जन्मसिद्ध अधिकार जस्तै भएको छ ।राजनीति सेवा नभएर उद्योग व्यापार जस्तै भएको छ । त्यसैलेराजनीतिमा पनि गलत नियतका व्यापारी उद्योगीहरु हावी भएका हुन् ।यसको प्रभाव समाजका सबै अंगहरुमा परिरहेको छ । त्यसैले होला,जनतामा असन्तुष्टि समेत बढ्दै गएको छ ।त्यसको विकृत रुप यत्रतत्र घृणा, आक्रोश अस्वाभाविक रुपमा प्रकटभइरहेको छ । सामाजिक सञ्जालहरु यस्तै खालका गाली गलौजलेभरिएका देखिन्छन् । राजनीतिले समाजलाई ठीकढंगले डोर्याउन नसक्दाकैपरिणामहरु अहिले देखा परिरहेका हुन् ।
सबै नीतिहरुको मूल नीति राजनीति हो । त्यसैले राजनीति बिग्रिए सबैबिग्रन्छ । हाम्रो अवस्था पनि ठीक त्यही हो । बिग्रिएको राजनीतिलाई
ठीक ठाउँमा ल्याउने जिम्मेवारी दल एवं नेतृत्वको हो र अन्ततः जनताकोकाँधमा सपार्ने दायित्व आउँछ । दल र नेतृत्वले त्यो जिम्मेवारी पूरा गर्न
नसकेको अवस्था आइसकेको छ ।
त्यसैले अब युवा नै जागृत बन्नुपर्ने परिस्थिति निर्माण भइरहेको छ ।आफ्ना घर परिवार, नातागोता, आफन्तको श्रीबृद्धि गरेर जनताको पेटमालात्ती बजार्नेहरुलाई उठ्नै नसक्ने गरी थला टेकाउन सक्नुपर्छ । त्यसो गर्नसकिएन भने लामो काल खण्डसम्म दास बनेर बस्नुपर्छ भन्ने कुरानिर्वाचनका बेला सचेत नागरिकले मत पेटिकामा मत खसाल्दै गर्दा मननगर्नु जरुरी छ ।
जनतामा प्रणालीका विरुद्धमा निराशा होलाजस्तो लाग्दैन । जुन दलक्रान्तिको नारा लिएर सिंहदरबार छिरेका थिए त्यहाँ छिरेपछि केही पनि
बदलिएन । सिंहदरबार ले उनीहरूलाई नै बदल्यो ।सिंहदरबारबाट जनताको आकांक्षा, आवश्यकता सम्बोधन भएन ।राजनीतिक दल का नेताहरूमाअनैतिक व्यवहारिक देखियो । कुनै पनिनेता योचाहिँ स्वच्छ छन् भन्ने स्थिति भएन । जुनै पार्टी हेरे पनि उस्तै
देखिए । यसैले जनतामा निराशा छ।जनताले सुशासन र परिवर्तन मात्रै खोजेको होइन, आफ्नो जीवनमापरिवर्तन पनि खोजेको हो ।शाब्दिक महत्वको परिवर्तन खोजेको हो ।गरीखाने वर्गले, गरिबहरूले परिवर्तन खोजेको हो । धनी मान्छेलाई,सिंहदरबारमा बस्ने मान्छे हरूका लागि त समृद्धि आएकै छ नि ।गरीबहरूले शिक्षा, स्वास्थ्य, कृषि र उद्योगमा परिवर्तन खोजे का थिए,त्यो आएन ।
अहिलेको राजनीतिमा समस्याको सबै समाधान नयाँ पुस्तान्तरणबाट मात्रैहुँदैन । नयाँपुस्ता आउने बित्तिकै सबैजादुमय ढंगबाट रूपान्तरण
हुनेहोइन।एउटा आवश्यक पक्षचाहिँ हो, नयाँ पुस्ता । नेपाल अहिले जुनचरणमा छ, त्यो भनेको जनसंख्याका आधारमा पनि नयाँ पुस्ता, युवा
पुस्तालाई हरेक स्थानमा प्राथमिकता दिनु पर्छ भन्ने हो ।नयाँ पुस्ताको रुचि र परम्परागत राजनीतिक एजेण्डामा तालमेल मिल्न
सकिरहेको छैन । इतिहासमा आफूले गरेको योगदानप्रति बढी नै गर्व गर्ने,कामभन्दा धेरै कुरा गर्ने, दल वा गुटका आधारमा विभक्त हुने,
राजनीतिलाई पद, प्रतिष्ठा र शक्ति आर्जन को आधारको रुपमालिने,राजनीतिलाई सेवा होइन पेशाको रुपमा लिने, राज नीतिक दल वा
गुटमा आबद्ध भएका बाहेक अरुहरुको अस्तित्व स्वीकार नगर्ने लगायतकापरम्परागत राजनीतिका विशेषतालाई नयाँ पुस्ताले पचाउने सम्भावनाएकदम न्यून देखिन्छ ।
व्यवहारिकरुपमा नयाँ पुस्ताको रुचि समयसापेक्ष भए पनि पुरानालेनयाँलाई आकर्षित गर्न नसक्दा नयाँ पुस्ता विचार र सिद्धान्तबाट विमुख
हुने, देश र परिवर्तन को गौरवपूर्ण विरासतलाई बेवास्ता गर्ने लगायतकाअवस्था बढ्ने खतरा देखिन्छ ।त्यसैले नयाँ पुस्ताको सोच र समाजको बदलिंदो आवश्यकतालाईआत्मसात गर्दै राजनीतिक शक्तिहरुले आफ्ना नीति, सोच र शैलीहरुबदल्न आवश्यक छ ता कि नयाँ पुस्तालाई राजनीतिक, सामाजिक काममाउनीहरुकै सोच र शैलीअनुसार बढी भन्दा बढी परिचालन गर्न सकियोस् ।
हामीकहाँ त योग्य उम्मेदवारभन्दा पनि आफ्नो दलको हो कि होइन भन्नेमैमतदाता बढी केन्द्रित हुन्छन् र त भोट बैंकले निर्धारण गर्छ धेरै कुरा ।
यसो हुँदा दलमा आफ्नो प्रभाव जमाउन सक्ने नै नेतृत्वमा पुग्न गाह्रो भएन ।सिद्धान्त पढेर, अभ्यास गरेर वा कडा परिश्रम र परीक्षा दिएर नेतृत्वमाजानुपर्ने भएको भए अर्कै हुन्थ्यो होला । उसमा नैतिकता बढी नै हुन्थ्योहोला । यसले समाजको हरेक निकाय र अर्थतन्त्रको क्षेत्रमा राजनीतिकक्षेत्रमाअग्रणी भूमिकामा आउनुपर्छ । तर, नयाँ पुस्तासँगै नयाँ चुनौतीहरूआउँछन् । हाम्रा हजुरबा हजुरआमाको र अहिलेको नयाँ पुस्ताको सोच,चिन्तन र विचार फरक छन् । समस्या को प्रकृति फरक छन् । जसले गर्दासमाधानको आवश्यकता पनि नयाँ ढंगले देखा पर्दछन् ।अहिलेको आवश्यकता नयाँ पुस्ता हो, तर त्यो नै सबै समाधानचाहिँ होइन। उमेरले मात्रै नयाँ पुस्ता भएर हुँदैन । नयाँ सोच चिन्तन पनि नयाँ
हुनुपर्यो । मान्छेचाहिँ नयाँ हुने चिन्तन र विचारचाहिँ पुरानो भएर केहीअर्थ हुँदैन । अनुहार नयाँ भएर मात्रै हुँदैन, मुलुकको समस्या पहिल्याउने र
त्यसको समाधान पनि नयाँ ढंगले गर्न सक्नुपर्छ ।काममा रचनात्मक भएन र पुरानै सोच चिन्तनबाट ग्रसित भयो भने नयाँपुस्ता भएर पनि केही हुँदैन । नयाँ भनेको के हो ? नयाँ भन्दैमा पुराना सबैगलत हुन् भन्ने बुझ्नु हुँदैन ।हामी आज जुनजगमा छौँ, त्यसका धेरै सकारात्मक चिज पुराना छन् ।हिजोकै उप लब्धिमा टेकेर अगाडि बढ्दै छौँ । त्यसैले हिजोको सबै कुरागलत र नयाँ सबै ठिक भन्ने सोच्नु हुँदैन । इतिहासको ज्ञान भएको वर्तमानको भावना बुझ्न सक्ने र भविष्य उन्मुख समाधान खोज्न सक्ने नयाँपुस्ता चाहिन्छ । लहरको भरमा नयाँ नयाँ भनेर हुँदैन
नयाँपुस्ता अर्थात् अहिलेको युवापुस्ता राजनीतिप्रति गहिरो चासोराख्नेतर, निराशा र वितृष्णा पनि महसुस गर्ने एउटा फरक पुस्ता हो । उनीहरू
न त अन्धभक्त हुन्, न नै राजनीतिक बेफिक्री गर्ने केवल दर्शक । बरूउनीहरू परिवर्तन चाहन्छन्, आशा वादी छन्, सँगै अनुभवले सचेत पनि ।
आजको युवा शिक्षित छ, प्रविधिमा अब्बल छ, सामाजिक सञ्जालबाटसूचित छ र लोकतन्त्रको मूल्यलाई बुझ्ने क्षमतावान पनि । यही
पृष्ठभूमिमा हेर्दा, नयाँ पुस्ताले खोजेको राजनीति केवल कुर्सीकै लागिगरिने खेल नभई भविष्य निर्माणको यात्रा को सारथी हो ।
नयाँ पुस्ता उही पुराना अनुहारहरूको निरन्तरता होइन, नयाँ सोच, नयाँअभ्यास र नयाँ नेतृत्व खोज्नु पर्दछ । उनीहरू असल नेतृत्वलाई दलको
सीमाभन्दा बाहिर गएर पनि समर्थन गर्न तयार भइ राजनीति केवल
चुनाव जित्ने खेल होइन, जनसेवा गर्ने माध्यम हो भन्ने सोच हुनु जरूणी छ।नयाँ पुस्ताको खोजी केवल नेताको नाम फेर्ने होइन, नेतृत्वको चरित्र
परिवर्तन गर्ने हो । उनीहरूले खोजेको राजनीति निष्पक्ष, दूरदर्शी,सहभागी, पारदर्शी, उत्तरदायी र जनमुखी हुनुपर्छ ।मुख्य रूपमा मान्छेले चाहेको भनेको विद्यमान बेथिति हट्नुपर्छ रसमाजमा कुनै पनि गलत काम गर्नेलाई राजनीतिको अवरणमा उन्मुक्तिदिनुहुँदैन । त्यस्ता जो कोही भए पनि कारबाही प्रकृयामा स्पष्ट हुनपर्छभन्ने छ ।तर, पुराना पुस्ताले पनि मुलुकका लागि गरेको त्यागलाई भुल्न हुँदैन ।
उनीहरूले ठुलो त्याग गरेर नै मुलुक आजको अवस्थामा आएको हो । नयाँनयाँ भनेर पुरानालाई आलोचनाभन्दा बढी गाली गर्ने गरेको सु्निन्छ, त्योगलत हो ।
दलहरूले पनि नयाँ पुस्तालाई समेटने गरी,नयाँ प्रविधियुक्त समाजलाईबुझेर उनी हरूको भावना समेट्दै सुशासनयुक्त समाज निर्माणमा लाग्नुपर्छ। तर, नयाँ आउने बित्तिकै चमत्कारिक रूपमा केही हुने होइन ।त्यस्तो संसारमा कहीँ पनि छैन र नेपालमा पनि नयाँ आउने बित्तिकै सबैसमस्या सामाधान हुन्छ भन्ने सोच्नु हुँदैन । त्यो हुँदा पनि हुँदैन ।नागरिकले नेताप्रति व्यक्त गरेको धारणा नेताहरु आफैले बुझेर शक्ति र
सत्ताको मोह त्याग्दै जाने हो भने भोलिका दिनमा नेताप्रति नागरिकमाश्रद्धाभाव पलाउन सक्छ ।
सायद अघिल्लो पुस्ताले नेताको बोलीलाई भाग्य ठानेर स्वीकार गर्योहोला, तर नयाँ पुस्ता त्यसको समीक्षा गरेर आलोचना गर्ने र उत्तर खोज्नेहुनु पर्दछ । तसर्थ, उनी हरूका लागि जवाफदेहिता नभएको राजनीतिलेअर्थ राख्न हुदैन।
नयाँ पुस्ताले विचारधाराभन्दा बढी कार्यक्षमता र परिणाममुखी नेतृत्व रसत्ताको खेलमा जस्को सरकार बन्यो, त्यसले पार्टीका लागि होइन,
जनताको लागि काम गर्नुपर्छ भन्ने अपेक्षा हुन जरूणी छ।

