चनौली । पश्चिम चितवनमा रहेको लायन्स क्लब अफ चनौलीले वृक्षरोपण कार्यक्रम गरेको छ ।भरतपुर–२० चनौलीवजारमा रहेको भित्रि सडकमा विभिन्न प्रजातिका ५० वटा विरुवा रोपेको हो ।
लाइन्स क्लब अफ चनौली लायन बर्ष २०२५÷२०२६ का अध्यक्ष अमृत न्यौपानेको अध्यक्षतामा भएको वृक्षारोपण कार्यक्रम भरतपुर–२०का वडाध्यक्ष मुक्तीप्रसाद घलेको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा बोल्दै वडाध्यक्ष घलेले लायन्स क्लबको सामाजिक कार्य प्रशंंसनीय रहेको बताए ।
कार्यक्रममा लायन्स क्लब अफ चनौलीका पुर्वअध्यक्षहरू मन्दिरा पोखरेल, बिष्णुमायाँ पराजुली, एकनारायण पौडेल,पवन ढकाल, पुर्वसचिव कालिकाप्रसाद खनाल, नेपाल रेडक्रस सोसाइटी चनौली उपशाखाका सभापति ओमप्रसाद लामिछाने, चनौली बजार व्यवस्थापन समितिका अध्यक्ष हुमनाथ ढकाल, सचिव प्रकाश शर्मा, ब्रम्हाण समाज चनाैलीका अध्यक्ष रामप्रसाद ढकाल लगायतका पदाधि कारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

लायन्स क्लब अफ चनौलीका संस्थापक अध्यक्ष राजकुमारश्रेष्ठले लायन्स क्लबले सामाजिक क्षेत्रमा गर्ने विभिन्न कार्यमध्ये वातावरण संरक्षण पनि भएकोले वृक्षरोपण गरिएको जानकारी दिए । क्लबका पूर्वअध्यक्ष तथा सल्लाहकार एकनारायण पौडेलले लायन्स क्लबले व्यक्तित्व विकाससँगै सामाजिक विकासमा पनि अतुलनीय योगदान गरेको बताए ।
जोन चियर पर्सन पवित्रा गौतमले लायन्स क्लब अफ चनौलीले नाम अनुसारको काम गर्न सफल भएको भन्दै आगामी दिनमा क्लबलाइ अझ उचाइमा पु¥याउनुपर्ने बताइन । उक्त विरुवा भरतपुर–२० वडा कार्यालयबाट सहयोग प्राप्त गरिएको हो ।


