गुञ्जनगर । भरतपुर–१८, गुञ्जनगरमा रहेको परमानन्द स्मृति वैदिक विद्याभवन गुरूकुलको तेश्रो साधारण सभा तथा अधिवेसन शनिवार सम्पन्न भएको छ।
अधिवेसनले श्रीलाल अधिकारी अध्यक्ष रहेको १० सदस्यिय विध्यालय सञ्चालक समिति गठन गरेको छ भने श्यामप्रसाद सुवेदी अध्यक्ष रहेको विध्यालय व्यवस्थापन समिति गठन गरेको छ।
सञ्चालक समितिका सदस्यहरूमा कृष्णप्रसाद लामिछाने, दधिराम पौडेल, एकदेव न्यौपाने, शिवराज सुवेदी, कमलनाथ पौडेल, गिताकुमारी शर्मा पौडेल, दयानिधी अर्याल, हरीप्रसाद कंडेल र हरीहर शर्मा कडेल रहेका छन। समितीमा ४ जना मनोनित र ३ जना पदेन सदस्य रहने व्यवस्था छ।
यसै गरी अधिवेसनले चुडाँमणी पौडेल संयोजक र भानुभक्त अर्याल र थानेश्वर लामिछाने सदस्य रहेको लेखा समिति गठन गरेको छ।
कार्यक्रमका प्रमुखअतिथि भरतपुर–१८ का वडाध्यक्ष बाबुराम रानामगरले नेपाल संस्कृत शिक्षाको उद्गमथलो भएको बताउँदै संस्कृत भाषाका माध्यममा पढाइ भइरहेका यस्ता गुरूकुलहरुको संरक्षण हुनुपर्ने बताए ।
विद्यालयका प्राचार्य ज्ञानप्रसाद भूर्तेलले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा संयोजक चूडामणि पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष जगनाथ कँडेलको सभापतित्वमा भएको कार्यक्रममा लक्ष्मी वैकुण्ठनाथ मन्दीरका पिठाधिस १००८ स्वामी जगन्नाथ कडेल, वैदिक धर्म परिषद्का केन्द्रीय अध्यक्ष ध्रुवराज अर्याल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ ढकाल,भरतपुर २५ का वडाध्यक्ष छविलाल सापकोटा, चितवन चनौली शित भण्डारका अध्यक्ष सुर्यमणी पौडेल, सस्थाका गुठीयार कृष्णप्रसाद लामिछाने,विव्यसका सचिव लीलाधर भट्टराइ लगायतले मन्तव्य राखेका थिए ।
अधिवेसनमा हरीराज अर्याल संयोजक महेन्द्र गुरूङ र ओमप्रसाद लामिछाने सदस्य रहेको निर्वाचन उपसमितीले अध्यक्ष तथा सदस्यहरू सर्वसम्मत चयन गरेको थियो।
२०५४ सालमा स्थापना भएको गुरूकुल विद्यालयमा ६४ जना विद्यार्थीहरुले अहिले हिन्दुधर्मअनुसार कर्मकाण्डदेखि वेद, संस्कृतका साथै अन्य विषयहरुसमेत पढ्ने गरेको प्राचार्य ज्ञानप्रसाद भूर्तेलले बताए । १२ कक्षासम्म पढाइ हुँदै आएको विद्यालयमा गुरूकुलमा आवासीयरुपमा नै विद्यार्थीलाई संस्कृत शिक्षा अध्यापन गराइँदै आइएको छ ।
विभिन्न दाताहरुको अक्षयकोषको व्याज, ब्राह्मण बटुकहरुको अध्ययनको अभिभारा बोकी ३४२ जना गुठीयार र १६३ जनाले आजीवन अभिभावकत्व ग्रहण गर्नुका साथै विभिन्न सहयोगी व्यक्ति, संस्था तथा स्थानीय सरकारको सहयोगबाट विद्यालय सञ्चालन भइरहेको उनले बताए ।
गुरूकुलका अध्यक्ष मुक्तिनाथ ढकालले गुरूकुल सञ्चालनका लागि तत्कालीन गुञ्जनगर गाविसले ५ कठ्ठा जमिन उपलब्ध गराएको थियो भने पछि भरतपुर महानगरबाट थप १० कठ्ठा जग्गा उपलब्ध गराइएको वताए ।
भौतिक निर्माणका लागि भने अहिले सम्म ४ पटक महायज्ञ लगाइएको र विभिन्न धार्मिक कार्यक्रमहरु गरी सहयोग जुटाइएको उनले वताए। विध्यालयमा वाग्मति प्रदेश सरकारको सहयोगमा छात्रावास, पाकशाला तथा स्टोर रुम तथा माहानगरको सहयोगमा गौशाला वनाइ गाई पालन गरीएको उनले वताए।
परमानन्द स्मृति वैदिक विद्याभवन गुरूकुलको तेश्रो साधारण सभा तथा अधिवेसन सम्पन्न, अध्यक्षमा श्रीलाल अधिकारी
परमानन्द स्मृति वैदिक विद्याभवन गुरूकुलको तेश्रो साधारण सभा तथा अधिवेसन सम्पन्न, अध्यक्षमा श्रीलाल अधिकारी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

