काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्षको बिजया दशमीको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ बजेर ५५ मिनेटमा रहने भएको छ। समितिले आज जारी गरेको सूचनाअनुसार २०८२ सालको बडादशैं असोज ६ गतेदेखि सुरु हुनेछ।
असोज ६ गते घटस्थापना पर्नेको साथै बिहान ९ बजेर १३ मिनेटमा घटस्थापनाको शुभ साइत तोकिएको छ। दशमीका दिन देवी विसर्जन भने बिहान ९ बजेर २३ मिनेटमा हुने र टीका ग्रहण गर्दा लगाइमाग्ने पूर्व दिशातर्फ फर्कनुपर्ने उल्लेख गरिएको छ।
विदेशमा रहने नेपालीहरूका लागि टीकाको साइतको समय (स्थानीय समयानुसार):
| स्थान | टीकाको साइत |
|---|---|
| नेपाल | ११:५५ बिहान, २ अक्टोबर २०२५ |
| अष्ट्रेलिया (सिड्नी) | ४:१० अपराह्न, २ अक्टोबर २०२५ |
| बेलायत (लन्डन) | ७:१० बिहान, २ अक्टोबर २०२५ |
| अमेरिका (न्यूयोर्क, EST) | २:१० बिहान, २ अक्टोबर २०२५ |
| अमेरिका (क्यालिफोर्निया, PST) | ११:१० राति, १ अक्टोबर २०२५ |
यस बाहेक असोज ७ गते मंगलबार बिहान ९ बजेर ५३ मिनेटमा झण्डा फेर्ने साइत छ। असोज ११ गते शनिबार श्रीपचलीभैरव यात्रा, असोज १३ गते सोमबार फूलपाती पर्व, श्री तुलजाभवानी यात्रा बिहान ७ बजेर १७ मिनेटमा र स्थिरासन बिहान ९ बजेर २३ मिनेटमा हुने तय भएको समितिले जनाएको छ।

