काठमाडौं — जेनजी आन्दोलनका क्रममा राजधानीमा सरकारी तथा निजी कार्यालय, बैंक, वित्तीय संस्था, र व्यवसायिक प्रतिष्ठानमा तोडफोड, आगजनी र चोरीका घटनाहरू बढेपछि काठमाडौँ जिल्ला प्रहरी परिसरले विशेष आग्रह जारी गरेको छ। प्रहरीले आगजनी, तोडफोड र चोरीमा संलग्न केही व्यक्तिहरूले मोबाइल, ल्यापटप, गाडी, हिउँबाहन लगायतका सम्पत्ति चोरी गरेको र यस्ता सामान अवैध रूपमा बजारमा बिक्रि गर्न खोजिएको भन्दै सावधानी अपनाउन आग्रह गरेको हो।

प्रहरीको सूचनामा भनिएको छ—बिल वा बीजकबिना कुनै सामान किनबेच गर्दा तिनीहरू चोरी वा लुटपाटको हुन सक्ने सम्भावना रहन्छ। यसकारण, बिल/बीजक नपाएको वा संकास्पद सामान भेटिएमा तुरुन्तै प्रहरीलाई खबर गर्न तथा प्रहरीको नियन्त्रण नम्बर १०० वा जिल्ला प्रहरी सम्पर्क नम्बरमा जानकारी दिन समेत अनुरोध गरिएको छ।
प्रवक्ता/सूचना अधिकृत प्र.उ. अफित राज वज्राचार्यद्वारा हस्ताक्षरित सूचनामा, दुर्घटनावश यस्ता सामान खरिद बिक्रीमा संलग्न हुने व्यक्तिलाई कानुनी कारबाही भोग्नुपर्ने भएकोले सर्तक रहन सबैलाई आग्रह गरिएको छ।
महत्वपूर्ण सूचना, जानकारी वा सहायता आवश्यक परेमा नजिकको प्रहरी कार्यालय वा काठमाडौं प्रहरी परिसरको सम्पर्क नम्बर ९८५१२८२९१२ मा सम्पर्क गर्न प्रहरीको अनुरोध छ।

