काठमाडौं — सूचना तथा सञ्चार मन्त्री जगदीश खरेलले पदभार ग्रहण गरेलगत्तै पहिलो निर्णयका रूपमा देशभरका प्रमुख सार्वजनिक स्थलमा निःशुल्क वाई–फाई सेवा उपलब्ध गराउने घोषणा गरेका छन्। सिंहदरबारमा मन्त्रालयको जिम्मेवारी सम्हालेपछि उनले कर्मचारीलाई पुरानो प्रस्ताव अस्वीकार गर्दै प्रविधिमैत्री र जनसुलभ संचार नीति ल्याउन निर्देशन दिएका छन्।
मन्त्री खरेलको निर्णयअनुसार, दुई महिनाभित्र काठमाडौंका व्यस्त स्थानहरूमा निःशुल्क वाई–फाई उपलब्ध हुने छ भने पाँच महिनाभित्र देशभरका प्रमुख दस स्थानमा निःशुल्क इन्टरनेट सेवाको पहुँच विस्तार गरिनेछ। उनले जेनजी आन्दोलनका युवा र जनसाधारणलाई जानकारी, शिक्षा तथा सरकारी सेवामा समान पहुँच सुनिश्चित गर्न डिजिटल पहुँचको विस्तार अपरिहार्य भएको उल्लेख गरे।
युवाहरूको बलिदान र आन्दोलनको सम्मानमा सञ्चार मन्त्रालयले प्रवेश गरेको नयाँ नीति पारदर्शिता, प्रविधि र आम जनताको सेवा सुलभता केन्द्रित हुने अपेक्षा मन्त्री खरेलले व्यक्त गरेका छन्। साथै, कृत्रिम बौद्धिक नीति (AI Policy) छिटो कार्यान्वयन गरिने घोषणा पनि उनले गरेका छन्।

