नेपाल लेयर्स संघले आजदेखि लागू हुनेगरी अण्डाको मूल्यमा वृद्धि गरेको छ। संघले तोकेको नयाँ मूल्यअनुसार ठूलो अण्डाको प्रतिक्रेट ४२५ रुपैयाँ र मझौला अण्डाको प्रतिक्रेट ३७५ रुपैयाँ कायम गरिएको छ।
अण्डाको उत्पादन लागत बढेकै कारण यो मूल्यवृद्धि गर्नुपरेको संघले जनाएको छ, जहाँ हाल प्रतिगोटा अण्डाको उत्पादन लागत १९ रुपैयाँ १२ पैसा पुगेको छ।

