काठमाडौं, चैत्र १५, २०८२ — नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत्र १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी कार्यसूचीअन्तर्गत प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययिताको बुँदा नं. १२ मा उल्लेख भएबमोजिम राष्ट्रिय परीक्षा बोर्ड, कर्मचारी युनियन आज औपचारिक रूपमा भङ्ग गरिएको छ।
युनियनका अध्यक्ष राजु ओलियाले जारी गरेको सूचनामा उल्लेख छ कि सरकारको उक्त निर्णयलाई स्वागत गर्दै यस कार्यालयमा गठन भएको राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन मिति २०८२ चैत्र १५ गतेबाट औपचारिक रूपमा भङ्ग गरिएको छ।
सूचनामा थप भनिएको छ कि युनियन भङ्ग गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइएको छ र सम्पूर्ण सरोकारवाला पक्षहरूलाई यस विषयमा आवश्यक जानकारी लिन अनुरोध गरिएको छ।
उल्लेखनीय छ कि नेपाल सरकारले हालै शासकीय सुधारका क्रममा विभिन्न निकायमा रहेका संरचनाहरूको पुनर्संरचना र मितव्ययिताका लागि ठोस कदम चाल्दै आएको छ। यसैको एक भागको रूपमा राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन पनि भङ्ग गरिएको बुझिएको छ।


