विश्वकप फुटबलमा प्रि-क्वाटरफाइनलका अन्तिम चरणका खेलहरु मंगलबार हुँदै छन्। मंगलबार हुने पहिलो खेलमा मोरक्कोले स्पेनसँग प्रतिस्पर्धा गर्दैछ। एजुकेशन सिटी स्टेडियममा ८:४५ मा हुने खेलमा दुवै टिम जितका लागि मैदान उत्रिँदै छन्।
प्रतियोगितामा मोरक्को समूह ‘एफ’को विजेता र स्पेन समूह ‘ई’को उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन्। मोरक्को प्रतियोगितामा अपराजित रहँदै नकआउटमा पुग्दा स्पेन भने अन्तिम खेलमा जापानसँग पराजित भएको थियो। स्पेनले पछिल्लो पटक सन् २०१० मा राउण्ड अफ १६ पार गर्दै च्याम्पियननै बनेको थियो। तर त्यसयता भने स्पेनको टिमले विश्वकपकमा आफ्नो प्रभाव छोड्न सकेको छैन।
मोरक्को भने विश्वकपको इतिहासमा दोस्रो पटक राउण्ड अफ १६ मा पुगेको हो। त्यसोत मोरक्को र स्पेनबीचको इतिहास रोमाञ्चक रहेको छ। यी दुई टिमले अहिलेसम्म विश्वकप अन्तर्गतनै ३ पटक प्रतिस्पर्धा गरेका छन्। १९६१ मा भएका दुई खेलमा दुवै खेलमा स्पेनले मोरक्कोलाई पराजित गरेको थियो। तर पछिल्लो पटक २०१८ मा भएको खेलमा भने दुवै टिमले २-२ गोलको बराबरी खेलेका थिए।
जारी संस्करणमा मोरक्कोले अप्रत्यासित रुपमा प्रभावसालि प्रदर्शन गर्दै आएकाले सोहि प्रदर्शन दोहोर्याउने लक्ष्यमा रहेको छ। तर यो पटक स्पेन आफ्नो छरितो खेललाई निरन्तरता दिँदै सहज जित निकाल्दै क्वाटरफाइनल पुग्ने लक्ष्यमा रहेको छ।
इप्लानेट एजुकेसन संगको सहकार्यमा चित्रवन खबरले पनि “अनुमान गर्नुहोस र जित्नुहोस्” क्याम्पेन संचालन गरेको छ र विजेताले आर्थिक सहित विभिन्न पुरस्कारहरु प्राप्त गर्न सक्नेछन्।