काठमाडौँ, मंसिर २१-
फिफा विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । आज बिहान पोर्चुगल र स्विट्जरल्यान्डबीच अन्तिम–१६ को खेलसँगै क्वाटरफाइनलमा पुग्ने ८ वटा टोलीको टुंगो लागेको हो ।
कतार विश्वकपमा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, मोरक्को र पोर्चुगल अन्तिम आठमा पुगेका छन् ।
अब पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाबीच शुक्रबार खेल हुनेछ । यो खेल नेपाली समयअनुसार शुक्रबार राति पौने ९ बजे सुरु हुनेछ ।
त्यस्तै दोस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगल शनिबार राति पौने ९ बजे तथा तेस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्स शनिबार राति पौने १ बजे खेल्नेछन् । क्वाटरफाइनलको अन्तिम खेलमा आइतबार राति पौने १ बजे फ्रान्स र इंग्ल्यान्डबीच खेल हुनेछ ।