निराज रानाभाट , भरतपुर , चितवन : चितवन जिल्लामा रहेको ` लक्की मिडिया हाउस ´ लाई सम्मान गरिएको छ । राजधानी काठमाडौंमा भएको नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा भएको “ चौथौं नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव २०७९ ” मा लक्की मिडिया हाउस चितवनलाई सम्मान गरिएको थियो ।
मोफसलमा रहेर नेपाली चलचित्र उधोगको प्रचारप्रसार र सिनेमा क्षेत्रको प्रवद्धनको लागि निरन्तर लागिरहेको संस्थाको रुपमा लक्की मिडिया हाउस चितवनलाई सम्मान गरिएको थियो । लक्की मिडिया हाउस चितवनको महा – प्रबन्धक हरि कार्की ‘ लक्की ’ ले सम्मान – पत्र ग्रहण गरेका थियो ।

