२६ मंसिर, भरतपुर। वाल्मीकि शिक्षा सदनको व्यवस्थापन र भरतपुर इंग्लिश स्कूल्स सोसाइटी (बेस) को आयोजनामा बेस स्तरीय वाद विवाद प्रतियोगिता सम्पन्न भएको छ । बेसका अध्यक्ष इन्द्रेश शाहको अध्यक्षता र प्याब्सन चितवनका अध्यक्ष कीर्तिनिधि अर्यालको प्रमुख अतिथ्यतामा वाल्मीकि शिक्षा सदनमा सम्पन्न उक्त कार्यक्रम अतिरिक्त क्रियाकलाप प्रमुख खेमलाल पहारीले सञ्चालन गर्नुभएको थियो।
वाल्मीकि शिक्षा सदनका शैक्षिक विभाग प्रमुख प्रकाश सुवेदीको स्वागत मन्तव्य सँगै शुरु भएको अंग्रेज़ी माध्यममा राखिएको वादविवाद प्रतियोगितामा अंकुरम एकेडमीकी छात्रा सम्बृद्धि क्षेत्री प्रथम,नारायणी पब्लिककी छात्रा सौरभी हमाल द्वितीय र ग्रीनलैण्ड पब्लिककी छात्रा विदुसी कार्कीले तृतीय स्थान हासिल गरेका थिए। कार्यक्रममा प्याब्सन चितवनका अध्यक्ष कीर्ति निधि अर्याल,इन्द्रेश शाह, वाल्मीकिका सहायक प्राचार्य दुर्गा प्रसाद घिमिरे लगायतले मन्तव्य राख्दै कार्यक्रमबारे प्रकाश पार्नुभएको थियो भने विजेता तीन जनालाई बेसका अध्यक्ष इन्द्रेश शाह , उपाध्यक्ष शिवु के सी र वाल्मीकि शिक्षा सदनका सहायक प्राचार्य दुर्गा प्रसाद घिमिरेले मेडल , शील्ड लगायत पुरस्कार वितरण गर्नुभएको थियो।

