भरतपुर २९ बिहीवार : भरतपुर महानगरपालिकाले महानगर भित्र रहेका विभिन्न सार्वजनिक जग्गाहरुको सरक्षण गर्ने अभियान को शुरूवात गरेको जनाएको छ ।
महानगरपालिकामा बिहीवार भएको भरतपुर महानगरपालिका अन्तर्गत समग्र सार्वजनिक जग्गाको सरक्षण बिषयक कार्यक्रममा महानगरपालिकाले जग्गा सरक्षण कार्य तिब्र गतिमा गरिने जनाएको छ । महानगरले २९ वटा वडामा भएका सार्बजनिक जग्गाहरुको सरक्षण तथा सम्बर्द्धन गर्ने जनाएको हो । महानगरपालिका भित्र हाल लगभग ६६ बिगाहा सार्वजनिक जग्गा रहेको महानगर उप प्रमुख चित्रसेन अधिकारीले जानकारी दिनु भयो ।
अब कुनै पनि बहानामा सार्वजनिक जग्गा हडप्न पाइदैन, यदि त्यस्तो गरेको पाइएमा कानुन अनुसारको कारबाही हुने महानगरले जनाएको छ ।
सार्वजनिक जग्गा अतिक्रमण गर्ने कार्य दिन प्रती दिन बढीरहेको भन्दै महानगर अब छिट्टै त्यसको सरक्षण र सम्बर्द्धन गर्न अग्रसर हुने छ ।
अतिक्रमण गरिएका जग्गाहरुको सरक्षण गरि त्यसमा हरियाली पार्क बनाउने, जेष्ठ नागरिक तथा बालबालिकाहरुको लागी खेम मैदान निर्माण गर्ने, विपद्का घटनाहरुमा उपयोग गर्ने जस्ता अति महत्त्वपूर्ण कामका लागि प्रयोगमा ल्याइने भएको छ ।
सार्वजनिक जग्गा सरक्षण तथा बाल खेल ससार अभियानका अभियन्ता कृष्ण प्रसाद पौडेलले सार्वजनिक जग्गा, यसको पहिचान, सरक्षण, सार्बजनिक जग्गा सरक्षण तथा बाल खेल संसारका सम्बन्धमा नेपालको कानुनले दिएको अधिकारका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियोे ।
कार्यक्रममा भरतपुर महानगरपालिका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शाखा तथा महाशाखाका कर्मचारीहरु र अन्य सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियोे ।
स्थानीय सरकार सन्चालन ऐन २०७४ को दफा ११( २) को खण्ड क ले सार्बजनिक ऐलानी र पर्ती जग्गा , सार्बजनिक भवन, सम्पदा तथा भौतिक पुर्बाधारको सरक्षण र सुरक्षा गर्ने कर्तव्य स्थानीय तहलाइ तोकेको छ । साथै उक्त ऐनको दफा ९७ (१) मा आफ्नो भौगोलिक क्षेत्र भित्रको सरकारी सामुदायिक तथा सार्वजनिक सम्पत्तिको रेखदेख, सरक्षण गर्ने दायित्व समेत स्थानीय तहलाइ दिएको छ । मुलुकी देवानी सहिता ऐन २०७४ को दफा २९९,३०० र ३०१ मा सरकारी सामुदायिक र सामुदायिक सम्पत्तिको प्रकार र प्रकृति उल्लेख गरेको छ । उक्त सहिताको दफा ३०४ ले त्यस्ता सरकारी सार्वजनिक तथा सामुदायिक सम्पत्तिको सरक्षण गर्ने दायित्व स्थानीय तहको समेत हुने कानुनी व्यवस्था रहेको छ ।

