निराज रानाभाट , काठमाडौं : चर्चित गायक अग्नि पराजुली र चर्चित गायिका अस्मिता अधिकारीको स्वरकाे ” -र्याट्ट -र्याट्ट “ गीतको भिडियो छिट्टै सार्वजनिक हुँदै छ । उक्त गीतमा मोडलद्धय सरोज राना प्रजार र आभा थापाकाे अभिनय रहेको छ , साथै बिग डान्स कम्पनीकाे बाल कलाकारहरुको पनि अभिनय रहेको छ । विगत १० वर्षदेखि म्युजिक भिडियो निर्देशक गर्दै अाएका सुरेन्द्र बसेलकाे गीतमा रमाइलो प्रस्तुति देख्न सकिन्छ । अग्नि पराजुलीको शब्द तथा संगीत रहेको छ ।
त्यसैगरी , दिनेश पराजुलीको छायांकन रहेको भिडियोमा वीर बहादुर थारूको सम्पादन रहेको छ । गीतमा विश्व अधिकारीकाे एरेन्ज रहेको छ भने रेकर्डिष्ट / मिक्सङ तथा मास्टरिङ्ग अाकाशको रहेको छ ।
उक्त गीतमा देव दोर्जे लामाको कोरियोग्राफी रहेको छ , भने सुरेन्द्र बसेलकाे निर्देशन रहेको छ ।
गीतको छायांकन भने राजधानी काठमाडौंको चाेभार लगायतको स्थानमा गरिएको छ । उक्त गीत छिट्टै सार्वजनिक हुने भएको छ । गीतमा मिडिया पार्टनरमा चित्रवन खबर लगायत अन्य विभिन्न अनलाइन मिडिया रहेका छन ।

