लामो समयदेखि संघर्षरत भरतपुर अस्पतालमा कार्यरत फर्मासिस्टहरु आज देखि शान्तिपूर्ण दवावमुलक कार्यक्रमको घोषणा गरि मैदानमा उत्रिएको बिषय नेपाल रिपोर्टसका संवादातालाई जानकारी प्राप्त भएको छ | नेपाल सरकारबाट जारी भएको ऐन नीति नियम कार्यविधिहरुको पूर्ण रुपमा कार्यन्वयन हुनुपर्ने बिषयको सन्दर्भमा दवावमुलक कार्यक्रममा उपस्थित भएका फार्मेसी पेसाकर्मीहरु अस्पताल फार्मेसी सम्बन्धमा उल्लिखित निति, नियम एवं कार्यविधि हुबहु लागु हुनुपर्ने माग राखी कार्यक्रम गरिरहेको बिषय अस्पताल फार्मेसी परिवार बाट जारि गरिएको ध्यानाकर्षण पत्रबाट जानकारी प्राप्त भएको छ |

आज गरिएको दवाव मुलक कार्यक्रमको बिषयलाई भरतपुर अस्पतालका नि प्र मे सु एवं चितवनका प्रमुख जिल्ला अधिकारि ज्यूलाई अस्पताल फार्मेसीमा कार्यरत कर्मचारीहरुले भेट गरि उक्त ध्यानाकर्षण पत्र र सम्बन्धित ऐन नीति नियम एबम कार्यविधि साथै अस्पताल फार्मेसी ब्यबस्थापनका लागि गठित कार्यदलबाट तयार पारिएको भ्रमण प्रतिवेदन बमोजिम निष्कर्षलाइ कार्यन्वयन गर्नुपर्ने बिषयलाई गम्भीर रुपमा जोड दिएको अस्पताल फार्मेसी प्रमुख सबिन राज लामिछानेले यस चित्रवन खबरलाई जानकारी गराउनुभएको छ |
ध्यानाकर्षण पत्र :

साथै कानुन बमोजिम उल्लेख गरिएका बिषयहरु को सन्दर्भमा यथासिघ्र काम नभएमा आगामी दिन मा अझ सशक्त कार्यक्रमहरु गर्ने चेतावनी समेत फार्मेसी प्रमुखले जानकारी गराउनुभयो |
मागहरु :
