पौष ७ ,भरतपुर। नारायणी नमुना माध्यमिक विद्यालयको हीरक महोत्सवको उपलक्ष्यमा आयोजित Narayani District Level Mathematics Olympiad २०७९ मा वाल्मीकि शिक्षा सदनका आयुषा ढकाल प्रथम र वाल्मीकिकै पृथक सुवेदीले द्वितीय स्थान हासिल गर्न सफल भएका छन। जम्मा ६६ जना प्रतियोगी सम्मिलित उक्त प्रतियोगितामा पहिलो चरण बाट ८ जना सहभागी छनौट चरण पार गर्दै निर्णायक चरणमा प्रवेश गरेका थिए।
अन्तिम चरणमा क्रमश वाल्मीकिकी आयुषा ढकाल प्रथम , वाल्मीकिकै पृथक सुवेदी द्वितीय, नारायणी पब्लिकका सुप्रीम भण्डारी तृतीय हुन सफल भएका थिए।प्रथम चरण पार गरेका जनजीवन मा.विका प्रनिल न्यौपाने, पोलर स्टारका शुभम् उपाध्याय, अर्किडका सत्कार सुवेदी, माध्यमिक विद्यालय गंगानगरका सबीन खरेल र प्रेमवस्ती मा वि का विवेक चापागाईंले सान्त्वना पुरस्कार बापत नगद जनही रू १००० , प्रथम हुने आयुशाले रू ५००० , द्वितीय हुने पृथकले रू ४००० र तृतीय हुने सुप्रीमले रू ३००० नगद र सर्टिफिकेट प्राप्त गरेका थिए।नारायणी नमुना मा वि का ब्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर थापा को अध्यक्षता, भरतपुर महानगर गणित विषय समितिका अध्यक्ष टेक नाथ पौडेलको प्रमुख आतिथ्यता र विध्यालयका शिक्षक राजकुमार कंडेलको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा शिक्षाविद् रमाकान्त सापकोटा , विद्यालयका प्रधानाध्यापक पूर्ण प्रसाद दवाडी लगायतले मन्तव्य राख्दै कार्यक्रमको महत्वबारे प्रकाश पारेका थिए।
नारायणी नमुना माध्यमिक विद्यालयले आफ़नो हीरक महोत्सवको उपलक्ष्यमा जिल्ला ब्यापी लोकनृत्य प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता गणित ओलम्पियाड लगायतका कार्यक्रम आयोजना गरेको छ ।

