काठमाडौँ, पुस १०: शरीरका विभिन्न अंगले काम गर्न छाड्दै गएपछि सिकिस्त महान फुटबलर पेलेलाई हेर्न उनको परिवार अस्पतालमा भेला भएको छ ।
इज्रायलिटिया अल्बर्ट आइन्सटाइन अस्पतालमा उपचाररत ८२ वर्षीय पेलेलाई हेर्न छोरीहरु फ्लाभिया र केलीसँगै छोरा एडिन्हो पुगेका छन् । उनीहरुले अस्पतालमै पेलेसँग क्रिसमस मनाउँदैछन् ।
केलीले बुबासँग सुतिरहेको तस्विर सामाजिक सञ्जालमा पोस्ट गर्दै लेखेकी छन्-सँगै अर्को रात ।
पेलेको मुटु र किड्नीमा समस्या देखिएको छ भने क्यान्सर पनि बढ्दै गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

