जिल्लामा ८६७ नमूनाको परिक्षण गर्दा थप २४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालहरुमा थप ९ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन ।
स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकामा १९२ जना संक्रमीत थपिए भने रत्ननगरमा १२, खैरहनि नगरपालिकामा ७ ,माडि नगरपालिकामा १२,राप्तीमा २, कालिकामा १३ र इच्छाकामनामा ११ गरि थप २४९ जनामा संक्रमण पुष्टि भएको छ ।
चितवनका विभिन्न अस्पतालमा २५३ जनाको आइसियुमा , ५२ जनाको भेन्टिलेटरमा र ९६ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत संख्या ४२३४ रहेको छ।
चितवनका विभिन्न अस्पतालमा उपचाररत रहेका ९ जना संक्रमितको मृत्यु भएको छ ।
चितवन: ३ जना ,
कपिलवस्तु: १,
धनुषा: १,
कावासोती: १,
गोरखा: १
र पोखराका १ जना रहेका छन।
आज मृत्यु भएका मध्ये भरतपुर अस्पतालमा २ ,चितवन मेडिकल कलेजमा २ , पुरानो मेडिकल कलेजमा ३ र बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा २ जना जना रहेका छन।
आजका मिति सम्म चितवनमा कुल मृतकको संख्या १७६ पुगेको छ ।