नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बित भएका छन् । संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले सोमबार विज्ञप्ति जारी गरी भ्रष्टाचारको मुद्दा किनारा नलागेकाले सांसद गुरुङ स्वत: निलम्बनमा परेको जनाएका छन् ।
गुरुङ मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । प्रतिनिधिसभाका सदस्य गुरुङमाथिको मुद्दा विशेष अदालतमा विचाराधीन रहेकाले मुद्दाको अन्तिम किनारा नभएसम्म स्वतः निलम्बनमा रहने विज्ञप्तिमा उल्लेख छ ।यसअघि गुरुङले प्रतिनिधिसभा सदस्यको शपथ भने लिएका थिए ।

