दैनिक रुपमा बढ्दै गइरहेको कोरोना मृत्युदरले गर्दा चितवनमा जनमानसमा डर पैदा भइरहेको छ। यसरी दैनिक रुपमा मृत्युदर बढ्दा शव व्यस्वस्थापन गर्न अफ्ठ्यारो हुनु स्वाभाविक नै हो। तर जटिल समयको फाइदा उठाउँदै केहि व्यक्तिहरुले दाह-संस्कारका लागि चर्को मुल्य असुलिरहेको कुरा पार्वतीपुर स्थित अन्नपुर्ण मा विका प्राचार्य बटुकलाल तामांगले फेसबुक स्ट्याटस राख्दै लेखेका छन् |
उनका अनुसार मृतकको दाह संसार नारायणी नदि छेउ बागेश्वरी स्थित सम्पर्क गर्नकालागि उनलाई प्रहरी प्रशासन बाट नै उक्त समुहको मोबाइल नं प्राप्त भएको थियो।

रसिद बिनै शुल्क लिने उक्त संस्थाले पहिल्यै पैसा तिरेपछि बल्ल सेवा प्रदान गरेको पनि तामांगले उल्लेख गरेका छन्। उनका अनुसार शव व्यवस्थापन गर्दा लाग्ने शुल्कहरु यस प्रकार रहेको छ।
१) भरतपुरको अस्पतालहरूबाट वागेश्वरी घाटसम्म शववाहन भाडा रू. ६,०००। (चनाैलि क्षेत्रबाट लैजानु पर्दा रू. १०,०००।)
२) दाउराको लागि रू. १०,०००।
३) दाह सँस्कारको सेवा लिन रू. ११,०००।
४) शवबाहनबाट चितासम्म शव लगेको रू. २,०००।
सबै जोड्दा खेरि भरतपुर अस्पतालदेखि घाट सम्मको मूल्य २९००० पर्न आउने भने चनौली देखि ल्याउनु परेमा ३३००० लाग्ने देखिएको छ। तर जिल्ला प्रशासन कार्यालयमा चर्को मुल्यो भयो भनेर गुनासो आएकाले त्यो रकमलाई घटाएर १८००० मा झारिएको पनि बताए।
के भन्छन् त प्रजिअ : नयापत्रिकाका चितवन सम्बाददाता विवेक पोख्रेल संगको कुराकानीको अंश
दाहसंस्कार निःशुल्क गर्ने नीति हो, तर दाउरालगायतका सामान किन्न हामीसँग स्रोत छैन । त्यसैले परिवारबाटै पैसा उठाउनुपर्ने बाध्यता छ । अस्तिसम्म त २८ हजार थियो, चर्को भयो भनेर मैले १८ हजार बनाइदिएको छु ।
गत चैतसम्म सेनाले नै अन्त्येष्टि गथ्र्यो, तर जलाउने होइन, गाड्ने गरिएको थियो । गाड्नका लागि खाल्डो खन्न महानगरले जेसिबी दिएको थियो, तर चैतबाट जलाउन थालिएको छ । जलाउने जिम्मा निजी क्षेत्रलाई दिएका छौँ । – प्रेमलाल लामिछाने, प्रजिअ चितवन जिल्ला प्रशासन कार्यालय